अहिले आफूहरु आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको उनले बताए ।
उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा सीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति टिप्पणी गर्दै मधेसी मोर्चाका नेता यादवले संघीयता र गणतन्त्र विरोधीलाई संघीयताको विषय हल गर्ने जिम्मेवारी दिनु हास्यास्पद भएको बताए । उनले भने, ‘यो संयन्त्र दिल्लीलाई ठग्न बनाएको हो । मधेसी मोर्चाले यो आयोगलाई मान्यता दिँदैन ।’
संविधान परिवर्तन र पुनर्लेखन गरेमात्रै सकारात्मक परिस्थिति बन्ने भन्दै उनले त्यसको आधार राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधान र आफूहरुले अघि सारेको ११ बुँदे माग रहेको उनले स्पष्ट पारे ।
फोरम अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको दाबी गरे । पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनले आवश्यक तयारी नगरी आवेग र उत्तेजनामा प्रधानमन्त्री दिल्ली दौडिनु गलत भएको बताए ।
भ्रमणले नेपाल भारत सम्बन्ध सुधार नगरेको भन्दै अध्यक्ष यादवले भने, ‘जोईन्ट स्टेटमेन्ट नआउनु भ्रमणको असफलता हो । त्यसले दुई मुलुकवीच केही विमती छ भन्ने देखाउँछ ।’
प्रधानमन्त्रीले चीन र भारतविरुद्ध एकअर्को कार्ड प्रयोग गर्न खोजेकाले दिल्ली यात्रा प्रहसनमा मात्रै अन्त्य भएको उनले बताए ।
onlinekhabar
Post a Comment