मोतीबहादुरले जिल्लाकै ठुलीदेखा १ की पबित्रासँग एक वर्षअघिमात्र विवाह गरे लगत्तै अवुधाबी फर्केका थिए ।
एकवर्षपछि छुटी मनाउन घर आएका केसीका दम्पत्तिको विमान दुर्घटनामा परेर मृत्यु भएपछि उनको गाउँघर अहिले शोकमा डुबेको छ । घरमा आएको बेला केसीले आफ्नी श्रीमतीलाई जोमसोम घुमाउने धोको पूरा गर्न यात्रामा निस्केका बेला यस्तो दुःखद दुर्घटना सुन्दा उनका विदेशमा कार्यरत साथीहरु समेत पीडामा छन् ।
श्रीमतीलाई जोमसोम घुमाएर उनी लगत्तै विदेश फर्किदै थिए, तर यो दम्पत्तीको सुःखद संसारमा रमाउने सपना म्याग्दीको घोप्टी भीरमा जलेका छन् ।
बुधबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटना हुँदा केसी दम्पतिसहित २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
kathmandutoday
Post a Comment