नवयुग बने सर्वाधिक गोलकर्ता

काठमाडौं, फागुन ३

सोमबार सागको फाइनलमा भारतलाई हराउन निर्णायक गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका छन्। उनले दुई ह्याट्रिकसहित ७ गोल गरे।
भारतसँगको खेल १-१को बराबरीमा रहेको बेला श्रेष्ठले ७० औं मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएका हुन्।
उनले समूह चरणमा भुटानविरुद्ध ह्याट्रिक गरेका थिए। शनिबारको सेमिफाइनलमा मालदिभ्सविरुद्ध अन्तिम दुई मिनेटमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।
यसैबर्ष भारतविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका नवयुगले अहिलेसम्म नेपालका लागि तीन ह्याट्रिक सहित ११ गोल गरिसकेका छन्।
गतमहिना बंग्लादेशमा भएको बंगबन्धु कपको सेमिफाइनलमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल र गरेका थिए । माल्दिभ्सविरुद्धको यही खेलमा उनले ह्याट्रिक गरेका थिए । फाइनलमा बहराइनविरुद्ध १ गोल गर्दै उनी प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका थिए।

(सेतोपाटी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget