भारतले पठायो खबर, ‘शनिबारबाट नाकाबन्दी शतप्रतिशत हट्छ’

काठमाण्डु, २२ माघ– भारतले शनिबारदेखि नेपालमाथि लगाउँदै आएको नाकाबन्दी शतप्रतिशत हटाउने भएको छ ।


नेपालमा आफ्नो चाहनाविपरीत संविधान जारी भएकामा असन्तुष्ट भारतले गत ७ असोजदेखि अघोषित नाकाबन्दी गर्दै आएको थियो ।


शुक्रबार वीरगञ्ज नाकाबाट करिब एक सयवटा गाडी ओहोरदोहोर गरेका छन् । नाकाबन्दी सुरु भएपछि पनि अन्य नाकाबाट छिटपुट रुपमा यातायातको आवतजावत भए पनि वीरगञ्ज नाका ठप्पै थियो । भारतबाट नेपालमा हुने ढुवानीको ७५ प्रतिशत वीरगञ्ज नाकाबाटै हुने गर्छ ।

भारतीय पक्षले शनिबारबाट नाकाबन्दी पूर्णतः अन्त्य गर्ने सन्देश पठाएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

‘शनिबारबाट नाकाबन्दी पूर्ण रुपमा अन्त्य हुने खबर आएको छ’, स्रोतले भन्यो ।

समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता र निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई प्रमुख आधार बनाउने गरी संविधान संशोधन भएपछि नाकाबन्दीको खुल्ने वातावरण बनेको हो । भारतीय पक्षले संविधान संशोधनलगत्तै त्यसको स्वागत गर्दै छिट्टै असहज अवस्था अन्त्य हुने बताएको थियो ।


नाकाबन्दी हटेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भारत भ्रमणमा जाने बाटो खुलेको छ । नाकाबन्दी नहटेसम्म भारत नजाने बताउँदै आएका प्रधानमन्त्रीको भारत भ्रमण आगामी फागुन दोश्रो साता गर्ने तयारी छ ।
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget