राष्ट्रपतिको सवारीमा सार्वजनिक सडकमै रातो कार्पेट !

कायरो, माघ २६ । विशिष्ट व्यक्तिको सवारीमा रातो कार्पेट ओछ्याइएको घटना सामान्य नै हो तर इजिप्टका राष्ट्रपति अब्देल फत्तह अल सिसी सवार मोटर नै सार्वजनिक सडकमा रातो कार्पेट हुँदै हुँइकिएको घटनाले विश्वमै चर्चा पाएको छ ।
एक सार्वजनिक कार्यक्रममा सहभागी हुन जाने क्रममा सार्वजनिक सडकमै रातो कार्पेट बिछ्याएर उनको सवारी चलाइएको थियो । यो घटनाका कारण राष्ट्रपति अब्देल आलोचित बनेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार इजिप्टका संचारमाध्यमले उक्त घटनाको निकै आलोचना गरेका छन् । एउटा हाउजिङ प्रोजेक्ट शुभारम्भ गर्न जाने क्रममा अब्देलको मोटरलाई रातो कार्पेट ओछ्याएर सडकमा गुडाइएको थियो ।
सामाजिक संजालमा समेत यो विषयले निकै चर्चा पाएको छ भने अधिकांशले पद तथा शक्तिको दुरुपयोग भन्दै यसको आलोचना गरेका छन् ।
करिब चार किलोमिटरको दुरीसम्म उनलाई रातो कार्पेट ओछ्याएर सवारी चलाइएको थियो ।
२५ प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेको मुलुकका राष्ट्रपतिको यस्तो ‘शान’ को इजिप्टका अधिकांश मिडियाले आलोचना गरेका छन् । (एजेन्सी)

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget