माघ २५, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्ताल र नाका अवरोधसहितका कार्यक्रम स्थगित गरी आन्दोलनका चरणवद्ध कार्यक्रम घोषणा गरेको छ । मोर्चाका शीर्षस्थ नेताले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा आफूहरुबाट भएका त्रुटीको समिक्षा गर्दै काठमाडौंसहितका अन्य क्षेत्रमा परिचालन गर्ने जनाइएको छ । मोर्चाको नयाँ आन्दोलनमामा जिल्ला सदरमुकाममा मसाल जुलुस, लाठी जुलुस गर्ने, ११ बूदे मागबारे हस्ताक्षर अभियान चलाउने लगायत कार्यक्रम समेटिएको छ ।
मोर्चाले अन्य राजनीतिक दल र मोर्चालाई समावेश गराउने नीति समेत लिएको छ । मोर्चाले आन्दोलनका क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुगेकाले त्यसो नगर्न निर्देशन दिएको छ । विज्ञप्तिमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र तमसपाका अध्यक्ष महेन्द्र राय यादवले हस्ताक्षर गरेपनि महतोको भने हस्ताक्षर छैन ।
radiokantipurdiary
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.