उनले प्रतियोगितमा सर्वाधिक १४ विकेट लिइसकेका छन् । उनीभन्दा पछि इङल्याण्डका सकिब महमुद र आयरल्याण्डका रोरी एन्डर्सले समान १३–१३ विकेट हात पारेका छन् ।
जारी प्रतियोगिताको नेपालको अन्तिम खेलमा बिहीबार नामिबियाविरुद्ध सन्दिपले ३ विकेट लिँदै यो सफलता हात पारेका हुन् । लामिछानेले आयरल्याण्डविरुद्ध पनि ह्याट्रिक सहित ५ विकेट लिएका थिए ।
पाँचौ स्थानका लागि भएको प्लेअफ खेलमा पनि सन्दिपले पाकिस्तानको ३ विकेट झारेका थिए । उनले भारत, बंगलादेश र न्युजिल्याण्डविरुद्ध समान१–१ विकेट लिएका छन् ।
nepalsandesh
Post a Comment