प्रधानमन्त्री ओलीले दिल्लीमा मोदीको कुर्सी कब्जा गरेकै हुन त ? (फोटो फिचर)

 २०७२ फागुन ८ गते
काठमाडौं, ८ फागुन । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार दिउँसो भेटवार्ता भयो । जसको चर्चा कमै भयो तर, चर्चा भयो त तीन वटा तस्वीरको । जसले ओलीका अगाडि मोदी झुकेको अर्थ लगाएको छ ।
पहिलो फोटो जसमा गार्ड र अफिसर जस्तो शैलीमा दुई देशमा प्रधानमन्त्री देखिएका छन् । ओली कुर्सीमा बसेर केही लेखिरहेका छन् भने मोदी गार्डको शैलिमा उभिएका छन् । जून फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

धेरैले यो फोटोलाई ओलीले मोदीको कुर्सी कब्जा गरेको भनेर टिप्पणी गरेका छन् भने धेरैले ‘डाइलग’नै हानेका छन् । पत्रकार मञ्जु कार्कीले फेसबुकमा पोस्ट गरेको यो फोटोलाई ५ सय जनाले शेयर गरेका छन् ।
र यो तस्बिर समाजिक सञ्जालमा धेरै थरी ‘डाइलग’ बनेर प्रयोग भएको छ । कतै चिया कफीको अनुरोध त कतै कुर्सी कब्जा । हस्ताक्षर गर्दै ओली र गार्ड शैलीमा उभिएका मोदी बिचको मनोविज्ञान स्वतः नै मानिसहरुमा फरक अर्थ दिने खालका नै छन् ।
धेरैको डाइलग यस्तो छ-
मोदीः सर कुन चिया ल्याऊ । कालो कि सेतो ?
ओलीः चूप धेरै हल्ला नगर । मलाई एसएलसीको नोट बनाउनु छ ।’
यो फोटोलाई डाइलग र आ-आफ्नै शैलीमा टिप्पणी गरेपनि यसको वास्तविकता अर्कै छ । खासमा दिल्लीको हैदराबाद हाउसमा आगन्तुक पुस्तिका छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही सन्देश लेखेका थिए । त्यो बेला मोदी पनि साथमा उभिएका थिए ।

अर्काे तस्वीरमा राष्ट्रपति भवनमा ओलीको स्वागतका लागि कारसम्मै पुगेका मोदीले ओली कारबाट झर्ने बित्तिकै हात जोडेका थिए । कारबाट निस्कदै गर्दा ओलीले मोदीलाई भन्दा पहिला भारतीय सेनाको टुकडीलाई हेरे ।
ओलीले मोदीतर्फ हेर्न नपाउदै मोदीले भने हात जोडिसकेका थिए । मोदी हात जोडेर केहीबेर उभिएपछि मात्र ओलीले मोदीतर्फ हेरे ।
मोदीले नमस्कार गरेको देख्नासाथ ओलीले नमस्कार फर्काए । मोदीले औपचारिक स्वागत गर्नु अघि उनीहरुबीच छोटो कुराकानी भयो ।

अर्काे तस्वीरमा हात मिलाउने बित्तिकै मोदीले ओलीलाई सञ्चो बिसन्चो सोधेका थिए । ओलीले ‘सब ठिक छ’ भन्ने जवाफ दिए । ओलीको यो जवाफ पाए लगत्तै मोदीले ओलीको व्यक्तित्वको प्रशंसा गर्दै भने, ‘काफी स्मार्ट लग रहे हो ।’
यसअघि प्रधानमन्त्री ओलीलाई भारतले राजकीय सम्मान दिएको थियो । ओली फागुन १२ गते स्वदेश फर्किनेछन् ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget