काठमाडौं, ६ फागुन । प्रहरीले गुण्डागर्दीमा संलग्न तीन जनालाई ललितपुरबाट पक्राउ गरेको छ ।

ललितपुरको कनिवहालस्थित धारिलो हतियार खुकुरी लिई सर्वसाधारण मानिसहरुलाई डरत्रासमा पारी गुण्डागर्दी गर्दै हिंडिरहेको अवस्थामा मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आकाश लामा, गोविन्द लामा, किरण शिवाकोटीलाई पक्राउ गरेको डीएसपी किशन सिंह थापाले बताए । अभियुक्तहरु ललितपुर बस्दै आएका २१ देखि २४ वर्ष उमेर समूहका छन् ।
उनीहरुले लामो समयदेखि खुकुरीको बलमा डर धाक देखाएर असुली गर्दै आएको अनुसन्धानमा खुलेको छ । उनीहरुविरुद्ध केही सार्वजनिक अपराध अन्र्तगत म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।
dainiknepal
Post a Comment