काठमाडौं, फागुन १ । आज विश्व रेडियो दिवस । विभिन्न विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । विपतका समयमा रेडियोको भूमिका भन्ने सन्देशसहित यसवर्ष विश्व रेडियो दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ मा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
नेपालमा विक्रम सम्बत २००३ सालमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ ।
२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको नेपालमा अहिले मनाङबाहेक देशका सबै जिल्लामा एफएम रेडियो स्थापित छन् । साक्षरता र शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेको छ ।
imagekhabar
Post a Comment