यस्तो छ फुटबल टोलिको स्वागतमा गरिने विजय जुलुसको रुट
काठमाडौं, फागुन ४
२३ बर्षपछि साग फुटबलमा स्वर्ण जिताउने नेपाली फुटबल टोलीको भव्य स्वागत गर्ने भएको छ।
भोलि ३ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली उत्रिएपछि विजय जुलुससहित स्वागत गर्ने तयारी भएको एन्फाले जनाएको छ।
विमानस्थलको गेटबाटै सुरु हुने विजय जुलुस तिलगंगाचोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ। पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमल हुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गिने एन्फाले जनाएको छ।
(सेतोपाटी)
Post a Comment