अत्ति साह्रो टाउको दुख्यो? यसो गर्नुहोस् न त!!!

ओएस नेपाल, काठमाडौं – के तपाईँको टाउको फुट्ला जस्तो गरि दुख्छ? अनि धेरै टाउको दुखेर वान्ता होला जस्तो हुन्छ? कोहि बोलेको सुन्ने बित्तीकै झिझार लाग्ने, रिस उठ्ने हुन्छ? यदि यस्तो हुन्छ भने पढ्दै जानुहोस्, आज तपाईँहरूले महत्वपूर्ण कुरा जान्न पाउनुहुनेछ। के तपाईँलाई थाहा छ? अत्याधिक मात्रा सिटामोल अथवा फ्लेक्सन जस्ता पेनकिलरको प्रयोग गर्दा त्यसले हाम्रो कलेजोमा असर गर्छ नि! मेडिकल औषधीको आ-आफ्नै साइडइफेक्टहरू हुन्छन्। हो, सिटामोल खाएपछि टाउको दुख्न निको हुन्छ, तर याद गर्नुभएको छ होला, तपाईँले जति धेरै सिटामोलको प्रयोग बढाउँदै लैजानुहुन्छ, तपाईँको टाउको पनि उति नै बढि दुख्दै जान्छ।hedace

बरु त्यसको सट्टा सानो-तिनो घरेलु उपायबाटै टाउको दुख्ने समस्यालाई कम गर्न सकिन्छ। त्यति मात्रै कहाँ हो र? यस्ताघरेलु उपचार विधिको कुनै साइडइफेक्ट पनि हुँदैन। त्यसैले, अब आफै मूल्याङ्कन गर्नुहोस्। औषधी खाएर साइडइफेक्ट बेहोर्न चाहनुहुन्छ कि घरेलु उपचार गरेर सँधैको लागि राहत पाउन चाहनुहुन्छ? च्वाइस तपाईँकै हातमा छ।

१. अदुवा

आयुर्वेदको हिसाबले हेर्ने हो भने पनि अदुवालाई सञ्जीवनी औषधी मान्न सकिन्छ। किनभने अदुवासँग थुप्रै समस्याको रोकथाम गर्न सक्ने खुबी रहेको हुन्छ। अरू कुरा छोड्दिउँ, टाउको दुखेको बेला अदुवाको कसरी प्रयोग गर्न सकिन्छ त?

अदुवाले टाउकोको रक्तनलीको जलनलाई कम गराउँदछ, यानिकी राहत प्रदान गर्दछ।
टाउको दुखेको बेला तपाईँले काँचै अदुवा चपाउन पनि सक्नुहुन्छ।

वा, घरमा हुनुहुन्छ भने, आधा गिलास कागतीको जुसमा आधा गिलास अदुवाको जुस मिसाउनुहोस् र दिनमा २ चोटि पिउनुहोस्।

हलुका मात्रै टाउको दुखेको हो भने, अदुवाको स्वादको क्याण्डि पनि खान सक्नुहुन्छ।
अर्को राम्रो उपाय भनेको, अदुवाको धुलो अथवा काँचो अदुवालाई पानीमा ८ मिनेट उमाल्नुहोस् र त्यसको बाफ लिनुहोस्।

यदि तपाईँको दिनदिनै टाउको दुख्ने समस्या छ भने, यो विधि पनि दिनदिनै अपनाउनुहोस्, तपाईँ आफैले फरक थाहा पाउन सक्नुहुनेछ।

२. दालचिनी

अत्याधिक टाउको दुख्ने समस्यालाई दालचिनीले पनि राम्रो उपचार गर्न सक्दछ। टाउको दुख्ने समस्याको लागि दालचिनी प्रयोग गर्ने सबैभन्दा राम्रो विधि भनेकोः

दालचिनीको सुकेको बोक्रा लिनुहोस् र त्यसलाई मसिनो गरी पिस्नुहोस् (करीब ५० ग्राम जति)।
त्यसमा हलुका पानी मिसाउँदै लेदो बनाउनुहोस्।
त्यस लेदोलाई निधारमा बाक्लो गरि लगाउनुहोस् र ३० मिनेट जति आराम गर्नुहोस्।
३० मिनेट पछि, मनतातो पानीले त्यसलाई पखाल्नुहोस्।
यति बेलासम्म तपाईँले आफ्नो टाउको दुखाइमा ५०% कम भएको महशुस गर्न सक्नुहुन्छ। यो विधिलाई दैनिक अपनाउनाले सँधै टाउको दुख्ने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ।

३. ल्वाङ्ग

अर्को घरेलु बुटी भनेको ‘ल्वाङ्ग’ हो। ल्वाङ्गसँग चिसोपना र पेनकिलरको विशेषता हुन्छ, जसले बल्किएको टाउकोलाई राहत प्रदान गर्दछ। यसलाई प्रयोग गर्ने विधि सजिलो छ।

ल्वाङ्गका केहि दानालाई हलुका पिस्नुहोस्।
त्यस धुलोलाई सफा पातलो रुमालमा राख्नुहोस् र कसिलो गरि बाँध्नुहोस्। विचार गर्नुहोला, ल्वाङ्गलाई रुमालले एकसरो गरेर मात्र बाँध्नुहोला।
त्यसपछि, जति बेला तपाईँको टाउको दुख्न सुरु हुन्छ, त्यस रुमाललाई सुँघ्नुहोस् (मतलब, रुमाल भित्रको ल्वाङ्गको सुगन्ध सुँघ्नुहोस्)।
यो रुमालको पोकोलाई तपाईँले साथमै लिएर हिँड्न सक्नुहुन्छ।

४. दामिनी फूलको चिया

हुन त, दामिनी फूल नेपालमा त्यति पाइँदैन। तर आजभोली, तराई भेगमा यो फूलको उत्पादन गर्न थालिएको छ। दामिनी फूललाई विशेष गरी टाउको दुखेको समस्यालाई नै कम गर्ने बुटीको रूपमा चिनिन्छ।

अत्याधिक टाउको दुखेको बेला, दामिनी फूलको एक कप चिया उमाल्नुहोस्। १० मिनेटसम्म ढाकेर राख्नुहोस् अनि बल्ल पिउनुहोस्। त्यसको स्वादलाई मिठो बनाउन चाहनुहुन्छ भने एक-दुई थोपा मह पनि मिसाउन सक्नुहुन्छ।

दामिनी फूलको चियापत्ती अथवा टि-ब्याग सुपरमार्केटहरूमा पनि पाइन्छ। यसलाई अङ्ग्रेजीमा ‘क्यामोमाइल फ्लावर’ (Chamomile Flower) भनिन्छ।
osnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget