पूर्वराजा थाइल्यान्ड हुँदै भारत जाने : दलहरूमा मचियाे खैलाबैला

काठमाडौं ,३० पुस । पूर्वराजा ज्ञानेन्द्रले थाइल्यान्ड भ्रमण गर्ने तयारी गरेका छन् । करिब एक महिनाअघिदेखि थाइल्यान्ड बस्दै आएकी पूर्वरानी कोमल र आफ्ना अति निकट बालसखा प्रभुशमशेर जवार, राजी शाह, कोमलका भाइ उदय शमसेर र बुहारी रोशनी राणासँग घुमघाम गर्न भन्दै पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड जान लागेको  बताइएकाे छ ।
पछिल्लो समयमा देशको अवस्थाबारे चिन्ता जनाउँदै आएका ज्ञानेन्द्रले थाइल्यान्ड बसाइका क्रममा विभिन्न राजनीतिज्ञसँग भेटवार्ता गर्ने बताइएको छ । भेटवार्ता थाइल्यान्डका राजनीतिज्ञ नभई भारतीयसँग हुने स्रोतले बताएकोछ ।
भ्रमण गोप्य राखिएको र ज्ञानेन्द्र थाइल्यान्डबाट भारत जाने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ । उनका साथमा बुहारी हिमानी र निजी सचिव सागर तिमल्सिना पनि जाने सम्भावना रहेको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget