नेपालका प्रधानसेनापतिलाई बोलाएर भारतको यस्तो दाउ

काठमाण्डु, १८ माघ– नेपालका प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार भारत जाँदैछन् । उनलाई भारतले भ्रमणको निम्तो दिएको हो । क्षेत्रीले मंगलबार भारतका विदेशमन्त्री सुष्मा स्वराज र रक्षामन्त्री मनोहर पारिकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सबै भेटवार्तामा नेपाली सेनालाई हतियार, गोलीगट्ठा उपलब्ध गराउन आग्रह गर्ने र नेपालको वर्तमान परिस्थितिबारे सेनाको धारणाबारे स्पष्ट पार्ने उनको तयारी छ । भारतले गरेको अघोषित नाकाबन्दीयता भारतबाट गोलीगट्ठा नआउँदा सेनाको तालिम र विकास निर्माण कार्यमा नै अप्ठ्यारो परेको सैनिक अधिकारीहरूको गुनासो छ ।
‘प्रधानसेनापतिलाई विश्वासमा लिएर सेनासँग निकट सम्बन्ध कायम गर्ने र विशेषगरी तराई मधेसमा भविष्यमा पनि सेना परिचालन नहुने वातावरण बनाउने भारतको सोचाइ देखिन्छ,’ क्षेत्रीका निकटस्थ एक उपरथीले भने, ‘तराईको विषय राजनीतिक र ल एन्ड अर्डरसँग सम्बन्धित भएकाले यसमा सेनाको भूमिका हुँदैन भन्नेमा हामी स्पष्ट छौँ, भारतलाई यसमा आश्वस्त पारिरहनु जरुरी छैन ।’ नयाँ पत्रिका दैनिकबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget