एसएलसी परीक्षाको तयारी पूरा


परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षा केन्द्रहरु निर्धारण भैसकेका छन् भने प्रश्नपत्र छपाइ पनि अन्तिम चरणमा पुगेको छ । यस बर्षको एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रक खगेन्द्र नेपालले झण्डै २ हजार परीक्षा केन्द्र निर्धारण भएको र पेपर छाप्ने काम पनि अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।


परीक्षाका लागि प्रश्नपत्र छपाइको काम भइरहेको छ भने आवश्यक सामग्री जुटाउने र जिल्लामा पठाउने काम पनि अन्तिम तयारीमा पुगेको छ । ‘एसएलसीको तयारी धमाधम भैरहेको छ,’ परीक्षा नियन्त्रक नेपालले भने, ‘केही दिनभित्रै पत्रकार सम्मेलन गरी सार्बजनिक गर्छौं ।’
मार्क्सिटमा पास,फेल नलेखिने
यसपालिदेखि एसएलसीको नतिजा लेटर ग्रेडिङ प्रणालीमा हुने छ । विद्यार्थीले पाउने अंकको आधारमा मार्क्सिटमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, ‘ई’ र ‘एन’ ग्रेड दिइनेछ र ‘पास’ वा ‘फेल’ लेखिने छैन । ‘ए’ ग्रेडको विद्यार्थी उत्कृष्ट र अरु ग्रेड पाउने विद्यार्थीहरु क्रमशः कमजोर मानिन्छन् ।
परीक्षा नियन्त्रक नेपालका अनुसार चैत १८ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित, २२ गते विज्ञान, २३ गते सामाजिक र २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा हुनेछ ।
चैत २५ गते ऐच्छिक पहिलो र २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा संचालन हुने परीक्षा नियन्त्रक नेपालले जानकारी दिए ।
news24nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget