काठमाडौंबाट २२ मिनेटमै अमेरिका पुग्न सकिने

१२ हजार माइल प्रतिघन्टाको एन्टिपोड विमान
एजेन्सी : साढे पाँच हजार किलोमीटरको दूरीको यात्रा हवाईजहाजबाट कति समयमा पुरा गर्न सकिएला ? यदि आवाजको गतिमा दौडन र उड्न सक्ने हो भने करिब छ मिनेट लाग्छ ।


चाँडै नै एक सुपरसोनिक विमान लन्डनबाट न्यूयोर्कको साढे पाँच हजार किलोमिटरको दूरी केबल ११ मिनेटमा पुरा हुनेछ । ११ मिनेटमा लन्डनबाट न्यूयोर्क पुर्याउने यो विमान दुनियाँकै सबैभन्दा तीब्र गतिको हुनेछ ।

यही विमानमा भारतको राजधानी नयाँ दिल्लीबाट न्यूयोर्क पुग्न करिब २० मिनेट लाग्नेछ भने काठमाडौंबाट करिब २३ मिनेटमा न्यूर्योक पुग्न सकिनेछ ।

सबैभन्दा तीब्र गतिको एन्टिपोड विमान
यो विमानलाई एन्टिपोड नामाकरण गरिएको छ । यसलाई क्यानाडाका इन्जिनियर चार्ल्स बोम्बर्डियरले बनाएका हुन् ।

चार्ल्सले गरेका दाबी अनुसार यो विमान २४ म्याकको गतिमा उड्न सक्षम छ । एक म्याकको गति ११९५ किलोमीटर प्रतिघन्टा हुन्छ ।

यो गति भनेको आवाजको गति बराबर हो । चार्ल्सले बनाएको विमान २४ म्याक अर्थात एक लाख ४४ हजार किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्छ ।

चार्ल्सका अनुसार यो विमानबाट तपाईं लन्डनबाट न्‍यूयोर्कको दूरी केबल ११ मिनेटमा पुरा गर्न सक्नुहुन्छ । अहिलेको अवस्थामा एक आम हवाई विमानबाट यो दुरी पूरा गर्न करिब सातदेखि आठ घन्टा लाग्ने गरेको छ।

अहिले चार्ल्सले बनाएको एन्टिपोडको नयाँ विमानलाई १० म्याकको गति दिइएको छ । यो हाइपरसोनिक जेट अहिलेसम्मको सबैभन्दा तीब्र विमान कोनकफर्ड भन्दा १२ गुना तीब्र गतिमा उड्न सक्षम हुनेछ । एन्टिपोड केबल एक घन्टामा २० हजार किलोमिटर भित्रको दायरामा १० जना मानिसलाई जहाँसुकै छाड्न सक्षम छ ।

चार्ल्सले एन्टिपोड प्रविधिलाई एक क्यानेडियन कम्पनीको सहयोगमा बनाएका हुन् । एन्टिपोड प्रविधिमा रकेट बुस्टर लगाइएको हुन्छ । जसले यस विमानलाई ५ म्याकको गतिमामा हावामा ४० हजार फिटमाथि जान सक्छ ।

यसको सुपरसोनिक इन्जिन रफ्तारलाई २४ म्याकसम्म लैजान सक्छ । यो रफ्तारमा यति कुनै मानिसलाई बिनासुरक्षा उडाइदिँदा उसको तत्कालै मृत्यु हुन्छ ।

एन्टिपोडको रफ्तारका कारण यो विमान चाँडै तातो पनि हुन्छ । यसलाई चिसो बनाइराख्नका लागि अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको प्रविधिलाई प्रयोग गरिएको छ ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget