वाइसिएलले १४ हजार कार्यकर्ता परिचालन गर्ने, लोकमानको सम्पत्ति छानविन गर्न माग

काठमाडौँ, १७ माघ । एकीकृत नेकपा(माओवादी)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग(वाइसिएल)ले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका लागि १४ हजार कार्यकर्ता परिचालन गर्ने भएको छ ।
एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरेर वाइसिएलले गत वैशाख १२ गतेको गोरखा भूकम्पबाट बढी प्रभावित भएका १४ जिल्लामा एक हजारका दरले कार्यकर्ता परिचालन गर्न लागेको हो ।
मुलुकभरका कार्यकर्तालाई अभियानात्मक रुपमा परिचालन गर्ने र पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यका साथ कार्यकर्ता परिचालन गर्न लागिएको वाइसिएलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित जनतालाई पुनःनिर्माणमा सहयोग गर्ने, घर तथा आवास निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ अभियानको रुपमा पुनःनिर्माणको काम गर्ने लक्ष्य राखिएको अध्यक्ष शर्माको भनाइ छ ।
यस्तै सातवटै प्रदेशमा स्वास्थ्य शिविर चलाउने, सामाजिक अभियानका रुपमा मालपोत, नापी, स्वास्थ्य सङ्घसंस्था, यातायात कार्यालय एवम् जिल्ला विकास समितिमा स्वयम्सेवक कार्यकर्ताका रुपमा टोली परिचालन गर्ने वाइसिएलले घोषणा गरेको छ ।
यस्तै आगामी तीन महिनाभित्र पुनःनिर्माण तथा नवनिर्माणमा सहयोग गर्ने उद्देश्यले तीन हजार बढी युवालाई सीपमूलक तालिम दिने कार्यक्रम पनि वाइसिएलले घोषणा गरेको छ । वाइसिएलका महासचिव रामप्रसाद सापकोटाले युवा पलायन रोक्न र भूकम्पछिको पुनःनिर्माणलाई सहयोग गर्ने उद्देश्यले प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मीलगायतका तालिम दिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार वाइसिएलले नेता तथा कार्यकर्ताको उपचारका लागि भन्दै रु एक लाख कार्यकर्ता संरक्षण कोषसमेत खडा गरेको छ । उक्त कोषलाई बढाउँदै लैजानेसमेत जनाएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त एवम् आयुक्तको सम्पत्ति विवरणसमेत सार्वजनिक गर्न वाइसिएलले आग्रह गरेको छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget