भान्सामा औषधि आलु ! छ भन्ने जानकारी छैन भने १ पटक पढ्नु होस |

भान्सामा औषधि आलु
तरकारीको राजा आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदावहार तरकारीकै
मात्र दर्जा प्राप्त छैन यसमा विलक्षण औषधीय गुणसमेत छ ।
आलुको प्रकृति शुष्क र न्यानो हुन्छ । यसमा थुप्रै पौष्टिक तत्त्व पाइन्छ जो हाम्रो शरीरका लागि आवश्यक हुन्छ ।
आलुमा क्याल्सियम, फलाम, भिटामिन बी र फस्फोरस धेरै मात्रामा हुन्छ । यसैले आलुलाई पूर्ण आहारसमेत भनिन्छ ।
स्वास्थ्यको दृष्टिले आलु हाम्रा लागि अति उपयोगी हो । आलु खाँदै रहनाले रक्तवाहिनीहरू धेरै उमेरसम्म लचिलो बनिरहन्छ र कठोर हुन पाउँदैन । यसैले आलु खाएर लामो उमेर पाउन सकिने कुरासमेत भनिन्छ ।
स्पेनका अनुसन्धानकर्ताहरूका अनुसार जो व्यक्ति आलु खान्छन् उनीहरूमा रोगसँग भिडने सामथ्र्य बढ्छ । आलुलाई अनाजमा पुरक आहारको स्थान प्राप्त छ । सबै प्रकारको आलु शीतल, मलरोधक, मधुर, गरिष्ट, मल तथा मूत्रलाई उत्पन्न गराउने, रुक्ष र रक्तपित्त हटाउने मानिन्छ ।
आलु कफ र वायु गर्ने, बल प्रद, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धकसमेत छ । आलु मिहिनेतले गर्दा निर्बल भएकाहरू, रक्तपित्तले पीडित, जड्याहा र तीव्र जठराग्नि भएकाहरूका लागि अत्यन्त नै पोषक छ । आलुमा १.६ प्रतिशत प्रोटिन, २२.९ प्रतिशत कार्वोहाइड्रेट, ७४.७ प्रतिशत पानी, ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन ए ४० आई.यु. र फलाम ०.७ मिलिग्राम पाइन्छ ।
वैज्ञानिकहरूका अनुसार आलुको बोक्रा हटाएपछि त्योसँगै केही पोषकतत्त्व समेत बाहिर गइहाल्छ । आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा साग तरकारी वा दालमा मिसाएर खानुपर्छ । आलुको नियमित प्रयोगले रोग प्रतिरोधक शक्तिमा समेत वृद्घ िहुन्छ । स्तनपान गराउने आमाले आलु सेवन गर्दा दूधमा वृद्घ िहुने गरेको छ ।
खानामात्र नभई आलुको थुप्रै औषधीय प्रयोगसमेत छ । आयुर्वेदिक प्रयोगका अनुसार आँखाको तल कालो घेरालाई हटाउन आलुलाई पिँधेर आँखाको चारैतिर लगाउनुपर्छ । यसले कालो घेरा समाप्त हुन्छ । आलुमा पाइने पोटेसियम साल्ट अम्लपित्त रोक्ने काम गर्छ । मृगौलाको पत्थरीमा आलुको सेवनले थुप्रै लाभ पाइन्छ । चोट लाग्दा रगत जमेर हुने नीलो चिनोमा काँचो आलु पिँघेर लगाउनाले पाइदा पुग्छ ।
तीव्र घाम वा लुले डढेको छालामा काँचो आलुको रस लगाउनाले छालामा निखार आउँछ । कालोपोतो, चाउरी वरेको छाला आदिमा आलुको रस लगाउँदा फाइदा पुग्छ ।
-----------
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget