देशभरका नगरपालिकाका सात सय किलोमिटर सडकमा अब सौर्य बत्ती

काठमाडौं, माघ १७ । सरकारले देशभरका नगरपालिका क्षेत्रको सात सय किलोमिटर सडकमा सौर्य बत्ती जडान गर्ने भएको छ ।
स्थानीय विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम थालिएको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री कमल थापाले यो आर्थिक वर्षमा सरकारको एक अर्ब रुपैयाँ र स्थानीय निकाय र जनताको ४२ करोड गरी जम्मा एक अर्ब ४२ करोड रुपैयाँको लगानीमा सडकमा सौर्य बत्ती जडान गरिने जानकारी दिए ।
यसका लागि प्रारम्भिक चरणमा झण्डै १० हजार पोल निर्माण गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । सरकार, स्थानीय निकाय र जनताको साझेदारीमा एक महिनाभित्रै सौर्य बत्ती जडान थालिने र पहिलो चरणमा महानगरपालिकाका सडकहरुमा सौर्य बत्ती जडान गर्ने तयारी गरिएको छ ।
महानगरपालिका क्षेत्रमा सरकारले ६० प्रतिशत, स्थानीय निकायले २५ प्रतिशत र उपभोक्ताले १५ प्रतिशत लागत बेहोर्ने गरी कार्यक्रम संचालन गर्न लागिएको हो ।
यस्तै, उपमहानगरपालिकामा सरकारले ६५ प्रतिशत, स्थानीय निकायले २० र उपभोक्ताले १५ प्रतिशत र अन्यमा सरकारले ७० प्रतिशत, स्थानीय निकायले १५ प्रतिशत र जनताले १५ प्रतिशत लागत बेर्होने गरी सौर्य सडक बत्ती जडान गर्न लागिएको हो ।
सौर्य बत्ती जडानपछि प्राधिकरणको मूल ग्रिडबाट प्रयोग भइरहेको करिब ६ मेगावाट विद्युत बचत हुने अपेक्षा गरिएको छ ।
imagekhaba

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget