प्रधानमन्त्री ओली भारत भ्रमणमा नजाने ! पहिलो भ्रमण चीनबाटै हुने

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण नगर्ने भएका छन् ।
मधेसका माग सम्बोधनका लागि संविधान संशोधन गरेको सातादिन वितिसक्दापनि नाकाबन्दी नखोलेपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा नजाने मनस्थितीमा पुगेका छन् ।
नाकाबन्दी नखोली भारत गए नराम्रो हुने भन्दै पार्टी र सरोकारबालाको दबाबपछि ओली भारत भ्रमणमा नजाने मनस्थितीमा पुगेको एमाले नेताहरु बताउँछन् ।
नाका नखुलेसम्म भारत भ्रमणमा नजाने कुरा चलिरहँदा नेकपा एमालेका चर्चित युवा नेता सूर्य थापाले प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्न सक्ने दाबी गरे । उनले भने- नाकाबन्दी नखुली भारत नजाने पक्षमा प्रधानमन्त्री आफै हुनुहुन्छ । हामीले पहिला चीन जानुस् भनेर सुझाव दिएका छौं । सायद उहाँ पहिला चीन जानुहुन्छ ।
नेता थापाले तत्काल भारत भ्रमण स्थगित हुनसक्ने सम्भावना बढेको बताए । ‘प्रधानमन्त्रीलाई भारत र चीनको निमन्त्रणा एकसाथ प्राप्त भएको हो’ एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले भने- ‘भारतले परिस्थिति अनुकूल बनाएन भने प्रधानमन्त्री पहिले चीन भ्रमणमा जानुपर्छ र जानुहुन्छ ।’
नाकाबन्दी नखुल्दासम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने प्रधानमन्त्री ओली आफैंले सार्वजनिक अभिव्यक्ति दिइसकेकाले वीरगञ्ज नाका सहज नभई उनी भारत नजाने थापाको ठोकुवा छ । उनले भने- ‘अहिले नै नाकाबन्दी खुल्ने अवस्था देखिएन्, पहिला भ्रमण चीनबाटै हुन्छ ।’
भारत भ्रमण किन रोकियो ?
सूर्य थापा
सूर्य थापा
नेता थापाले भारतले भ्रमणको निम्तो दिएर वातावरण नबनाएकाले स्वभाविक रुपमा प्रधानमन्त्री ओली पहिला चीन भ्रमणमा जाने स्पष्ट पारे । उनले भने– भारतले भ्रमणको निम्तो त दियो । तर, वातावरण बनाएन् । सीमा नाका सहज बनाएन् । भारत भ्रमणमा गएर सम्बन्ध सामान्यीकरण गर्ने, सम्बन्धलाई नयाँ उचाई दिने हिसाबले प्रधानमन्त्री तयार हुनुभएको थियो । तर, त्यसअनुसार अवस्था सहज बनाइएको देखिएन् । त्यसकारण स्वाभिमान र राष्ट्रिय हितलाई हेरेर उहाँ चीन जाने मनस्थितीमा पुगिसक्नुभएको छ ।’
संविधान संशोधन हुँदासमेत भारतले परस्थिती र सम्बन्ध सहज बनाउन नचाहेको र बहानाबाजी गरिरहेको नेता थापाले बताए ।
‘भारतले सहज वातावरण नबनाएकाले भ्रमणको कार्यसूची अनुसार स्वभाविका रुपमा चीन भ्रमणमा जाने प्रक्रिया अगाडि बढ्न सक्छ । चीन भ्रमणका एजेण्डा तयार छन् । गृहकार्य भइरहेको अवस्थामा चीन गएर टंकप्रसाद आचार्यपछि प्रधानमन्त्री ओलीले सम्बन्धलाई नयाँ उचाई दिनेछन् । चीन भ्रमणमा विभिन्न सम्झौता गरी भारतसँगको निर्भरता घटाउनु प्रधानमन्त्रीको मुख्य एजेण्डा हुनेछ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget