आठ वर्ष साउदी बस्दा ५० लाखको जमिन जोडें, अब छोरीलाई डाक्टर बनाउने सपना छ


मैले साउदी अरबमा काम गर्न थालेको आठ वर्ष भन्दा धेरै समय भइसक्यो । तीन पटक त विदामा गएर फर्कें । पहिला २० रुपैयाँ सापटी माग्दा कसैले पत्याउँदैनथे । अहिले गाउँमा सबैको हाइ हाइ भइएको छ । घर पनि राम्रै बनाएको छु । छोराछोरी पनि राम्रोसँग पढ्दै छन ।

२०५७ सालको एसएलसी परीक्षामा राम्रै अंक ल्याएर पास गरेको हुँ । कलेज इलाम मङलबारेको प्रगती उच्च माविमा पढन थालें । त्यतिबेला दाईहरु विवाह गरेर अलग भइसकेका थिए । घरमा बाबुआमा, भाई र म मात्रै थियौं । घरको अवस्थाका कारण मेरो विवाह गर्ने कुरा चल्न थाल्यो । मैले १६ वर्षमा नै विवाह गरेका हुँ । २०६० सालमा इलामबाट परिवार सहित झापाको बुधबारेमा बसाइँ सरियो । झापामा थोरै जमिन लिएर सामान्य बस्न हुने घर बनाएँ । नढाँटी भन्नु पर्दा वरिपरी सस्तो टिनले बारेको, छानो पनि टिन कै थियो । गर्मीमा बस्न सकिन्थ्यो । गतिलो घर बनाउने पैसा थिएन । ऋण माग्दा साहुले पत्याउँदैनथे । ऋण मात्र गरेर पनि भएन । तिर्ने उपाय थिएन । गाउँघरमा रोजगारीका लागि विदेश जाने लहर चलेको थियो । मैले पनि विदेश जाने सोच बनाएँ । २०६३ साल मंसिरमा श्रीमती, एक छोरी र दुई छोरालाई छाडेर म परदेश हिँडेको हुँ । खाडी मुलुक मध्ये सबै भन्दा कडा कानुन भएको देश हो साउदी अरब । यहाँ जाँडरक्सी खान पाईंदैन । जाँडरक्सी खाएको फेला परेमा जेल सजाय र देश फिर्ता गर्न सक्छ । अर्को कुरा महिलाको अनुहार हेर्न पाईंदैन । हे¥यो भने सजाय हुन्छ । साउदीको कानुन कडा हुँदा हुँदै पनि नेपाली कामदार बिग्रिएको देखें मैले । हिजोआज साउदी रियालको मूल्य पनि बढेको छ । एक रियल बराबर २८ रुपैयाँ भन्दा पनि माथि पुगको छ । सुरुमा म यहाँ आउँदा १६ रुपैयाँ ५० पैसा रेट थियो । चार महिनामा एक लाख रुपैयाा जम्मा गर्न पनि मुश्किल प¥थ्यो । अहिले मेरो तलब सुविधा ठिक ठिकै छ । ८५ हजार रुपैयाँसम्म बस्छ महिनाको । साउदीमा कम्पनी राम्रो भए कमाई राम्रै हुन्छ । साउदी अरब बसेको प्रगतीको नाममा झण्डै ५० लाख रुपैयाँ जतिको जमिन जोडिएको छ । छोराछोरीलाई राम्रै ठाँउमा पढाउँदै छु । अब केहि वर्ष बसेर फिनिस फर्कने सोचाइमा छु । छोरीले अर्को साल एसएलसी परीक्षा दिँदैछे । उनलाई डाक्टर बनाउने सपना छ । साङरुम्बा-८ इलाम । हाल साउदी अरब ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget