पूर्वराजा ज्ञानेन्द्रले बैंककमा किन भेटे छिमेकी देशका गुप्तचर अधिकारीलाई ?

काठमाडौं – दरवार छाडेपनि घरवार र जिम्मेवारी नछाडेको विज्ञप्ती जारी गरेको केही दिनपछि बैंकक भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ ‘संवेदनशिल र अर्थपूर्ण’ भेटघाट गरेका छन् । बैंककमा उनले उत्तर र दक्षिण छिमेकी देशका गुप्तचर निकायका उच्च अधिकारीसँग भेट गरेका हुन् ।

देशको अहिलेको राजनीतिक अबस्थाप्रत्ति पूर्वराजा शाहले असन्तुष्टि जनाउँदै आएका छन् । गणतन्त्र घोषणादेखि नै असन्तुष्ट पूर्व राजाले नयाँ संविधानमा राजसंस्थाको ‘स्पेस बनाउन’ चाहेका थिए । तर, असोज ३ मा जारी संविधानले राजसंस्थालाई कुनै भूमिका र स्पेस नदिएपछि पूर्व राजा शाहले आफ्ना गतिविधि बढाएका हुन् ।

पूर्व राजा नजिक मानिने उच्चस्रोतले देशको अहिलेको राजनीतिक अबस्था र राजसंस्थाको भविष्यका विषयमा छलफल भएको पुष्टी गरेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले समेत यो वा त्यो नाममा उत्तर र दक्षिण छिमेकी देशका गुप्तचर अधिकारीसँग भेट गर्ने गरेको भन्दै पूर्वराजा शाहले आफुले भेट्दा कुनै आपत्ति हुनु नपर्ने समेत बताएका छन् ।

‘सवै राजनीतिक दलका नेताहरुले कहिले कहाँ, कहिले कहाँ भेट गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका लागि मन्त्रीले समेत यस्ता भेट गरिरहेका छन् । देशको अभिभावकको हैसियतमा पूर्वराजाले भेटन नहुँने भन्ने हुँदैन’ पूर्व राजा निकट स्रोत भन्छ, ‘हो, उहाँले बैंककमा केही अधिकारीहरुसँग भेट गरिबक्सेको छ । यो राष्ट्र र जनताको हितका लागि हो ।’

भेटमा दक्षिणी छिमेकीक अधिकारीहरुले ‘अगाडि बढन्’ सुझाव दिएको तथा उत्तरी छिमेकी अधिकारीहरुले आफुहरु ‘पर्ख र हेर’ को अबस्थामा रहेको पूर्व राजालाई बताएको स्रोतले बतायो । भारतीय कट्टरपन्थी हिन्दुवादीहरुले नेपालमा राजसंस्थाको वकालत गर्दै आएका छन् । यता पूर्व युवाराज पारश र उनकी पत्नी हिमानी पनि सामाजिक काममा देखिन थालेका छन् । केही दिन अगाडि पूर्व युवराज पारश बनकाली पुगेर भोज खुवाएका थिए भने ललितपुरमा एउटा एक्पोको उद्घाटन गरेका थिए ।

पूर्व राजा शाह माघ ७ गते बैंकक गएका थिए । देशमा गणतन्त्र स्थापनापछि आफ्नो भूमिकाको विषयलाई लिएर पूर्वराजा शाहले पटक–पटक भारत भ्रमण समेत गर्दै आएका छन् । भेटका लागि बैंकक रोजिनुको पछाडि दुवै पक्षको गोपनियता बचाउनु रहेको मानिएको छ ।

असोज ३ मा संविधान जारी हुने निश्चित भएपछि पूर्व राजा शाहले आफु नजिकका व्यक्तिहरुसँग राजसंस्थाको भविष्यदेखि संविधानपछि देशमा आउने परिस्थितिवारे कुराकानी गरेका थिए ।

पृथ्वीजयन्तीकोे पूर्वसन्ध्यामा पूर्व राजा शाहले विज्ञप्ती जारी गरेर आफ्नो जनताप्रतिको जिम्मेवारी कायमै रहेको तथा दरवार छाडेपनि घरवार नछाडेको बताएका थिए । उक्त विज्ञप्ती मार्फत पूर्व राजा शाहले जनताबाटै राजसंस्थाको विकल्प खोज्नुपर्ने सन्देश दिएका थिए । उनले आपसी सद्भाव खल्बलिएको, जनजीवन अस्त–व्यस्त भएको र राष्ट्रिय एकता खल्बलिएको दावी पनि विज्ञप्ती मार्फत गरेका थिए ।

पूर्व राजावादीहरुले उक्त विज्ञप्तीले सवै शक्ति मिलाएर अगाडि जाने सन्देश दिएको रुपमा अथ्र्थाएका थिए । पूर्व राजा शाहले विज्ञप्ती मार्फत जनता अव चुप लाग्नु हुँदैन, उठनुपर्छ भन्ने सन्देश पनि विज्ञप्ती मार्फत दिएको उनी नजिक रहेर काम गरेकाहरुले अथ्र्थाएका थिए । उनले जनताकै माग अनुसार राजसंस्था फर्कनुपर्ने सन्देश पनि विज्ञप्ती मार्फत दिएका थिए ।

तराई–मधेश हुँदै विभिन्न जाती र समुदायको असन्तुष्टिवीच प्रमुख तीन दलले संविधान निर्माणमा निर्णायक कदम चालेपछि पनि पूर्व राजा ज्ञानेन्द्र शाह निकै दु:खी भएका थिए । उनले राष्ट्रवादी शक्तिहरुलाई पाखा लगाएर ल्याउन थालेको संविधानले देशमा गृहयुद्ध निम्ताउन सक्ने आकलन गरेका थिए ।

असोज ३ मा संविधान जारी हुने निश्चित भएपछि पूर्व राजा शाहले आफु नजिकका व्यक्तिहरुसँग राजसंस्थाको भविष्यदेखि संविधानपछि देशमा आउने परिस्थितिवारे कुराकानी गरेका थिए ।

संविधानको विद्येयकमाथि मतदान जारीभएपछि पूर्वराजावादीहरुसँग पूर्व राजाले भलाकुसारी गरेका थिए । पूर्व राजा शाहले भारतसँग घुँडा नटेकेर राष्ट्रभक्त देखाउँदा आफु र राजसंस्था यस्तो अबस्था आएको विश्लेषण सुनाएका थिए । ‘भारतसँग घुँडा टेकेको भए मेरो संस्था बच्ने थियो । मैले घुँडा टेकिनँ । राष्ट्रवादी शक्तिलाई पाँखा लगाउने काम भयो’ पूर्व राजा शाहले भनेका थिए, ‘अन्तरिम संविधानमा नभएपनि नयाँ संविधानमा राजसंस्थालाई स्पेस दिने आशा थियो । सांस्कृति रुपमै भएपनि स्वीकार गरेको भए राम्रो हुने थियो । समयको कुरा हो । परिवेशको कुरा हो । दलहरु तयार भएनन् । भारतमा यो चलन छ नि, पूर्व राजाहरुलाई उनीहरुलाई व्यवस्थित त गरेका छन नि ।’

यस विषयमा रातोपाटीले भदौ अन्तिम साता प्रकाशित गरेको समचार यस्तो थियो । उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस । रातोपाटीमा समाचार प्रकाशित दिन टिका धमलाले विविसिलाई दिएको अन्तर्वार्तामा पूर्व राजा दुखी रहेको बताएका थिए ।

त्यसो त पूर्व राजा शाहले नयाँ बर्षको अवसरमा पनि विज्ञप्ती जारी गरेर आफ्नो भूमिका स्थापित गर्नुपर्ने सन्देश दिएका थिए । ०७१ चैत्र ३० गते उनले जारी गरेको विज्ञप्तीमा ‘धरातलीय अनुभवमा मैले बुझेको कुरा हो, नेपाली जनता यतिखेर चरम चिन्ता, निराशा, बाधा, वेदना र वितृष्णाको स्थितिमा छन् । नियत र नियतीले जति नै निराशा, कुष्ठा तथा वेदना बनाएपनि स्वाभिमानी नेपाली जनताले अव आफ्नो राष्ट्र र राष्ट्रिय भविष्यका निमित्त जागरुक बन्नुपर्ने वास्तविकता अहिलेको कालवेलाले देखाएको छ ।’

त्यसबाहेक पूर्व राजा शाहले गत बर्ष प्रजातन्त्र दिवसका दिन पनि विज्ञप्ती निकालेर सात दल र आफुवीच भएको समझ्दारी लागु गर्न माग गरेका थिए । ०७१ फागन ६ को राती उनले जारी गरेको विज्ञप्तीमा थियो, ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मुल्य र मान्यतामा आधारित जे–जति सहमति, समझदारी एव्म व्यवस्थापकीय गतिविधि भएका थिए । तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपमा मुलुकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धितर्फ अगाडि बढाउन सकेमा नै आजको पुनीत दिवसको सार्थकता रहन्छ ।’
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget