अंगुर अधिकांश रोगको अचुक औषधि सावित, पढ्नुहोस्

अंगुर अधिकांश रोगको अचुक औषधि सावित, पढ्नुहोस्
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
विशेष गरी गर्मी मौसममा पाईने अंगुर देख्नमा जति आकर्षक र खानामा मिठास हुन्छ । यसको सेवनबाट त्यसभन्दा कयौं गुणा फाईदा पनि हुने गर्दछ । गर्मी समयमा अंगुर खानाले तत्कालका लागि चिसोको अनुभव त गराउँछ नै साथै यसले शरीरलाई स्वस्थ राख्नका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्छ । अंगुरको सेवनबाट अपच, थकान, कब्जियतलगायतका बिरामीका लागि तत्काल राहत मिल्छ । साथै यसको सेवनले आँखालाई मोतिबिन्दु जस्तो खतरनाक रोग लाग्नबाट समेत बचाउँछ । अंगुरमा भिटामिन ए, सी, बी ६ लगायत कयौं मिनरल्स, पोटासियम, प्रोटिन, क्याल्सियम, फस्फोरसलगायतका मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्वहरु समेत प्राप्त हुन्छ । जसले मानव स्वास्थलाई स्वस्थ राख्न मदत गर्छ । अंगुरको सेवनबाट हुने केही फाईदाहरु यस्ता रहेका छन् ।
दमको समस्या
दमको समस्या हुने मानिसहरुका लागि अंगुरको सेवनले निकै फाईदा पुर्याउँछ । अंगुरमा हुने पानीको मात्राले फोक्सोमा पानीको अभावलाई पुरा गर्छ जसले गर्दा दमको सम्भावनालाई कम गराउँछ ।
हड्डिका विमारीका लागि अंगुर कपर र आइरनका लागि निकै राम्रो स्रोत मानिन्छ । जुन हड्डिका निर्माण र बलियो बनाउनका लागि निकै अत्यावश्यक हुन्छ । अंगुरको नियमित सेवन गर्नाले हड्डी खिइने लगायतका समस्यामा उपयोगी साबित हुन्छ ।
मुटु रोग अंगुरको नियमित सेवनले मानिसको रगतमा नाइट्रिक अक्साईडको मात्रलाई नियन्त्रण गर्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुन्छ र हृदयघात हुने समस्या न्युन हुन्छ । अंगुरको सेवनले स्तन क्यान्सर हुनबाट समेत जोगाउँछ ।
माइग्रेन
पाकेको अंगुरको रस खानाले माइग्रेन लगायतका समस्यामा आराम मिल्छ । प्रत्येक दिन बिहान एक गिलास अंगुरको जुस खानाले माइग्रेनमा फाईदा हुन्छ ।
कब्जियत अंगुरमा पााइने अग्र्यानिक एसिडले पाचन प्रक्रियालाई नियमित गर्न र भोजनलाई पचाउनमा सघाउँछ । दैनिक ३५० ग्राम अंगुर सेवन गर्नाले पाचन प्रक्रियालाई नियमित र स्वस्थ राख्न मदत गर्छ । थकाई लागेमा अंगुरको जुस पिउनाले शरीरमा आईरन र मिनरल्सको मात्र बराबर बन्छ । जसले गर्दा थकाई जस्ता समस्यालाई टाढा राख्ने गर्छ ।
एनिमिया जस्ता समस्याबाट छुट्कारा पाउनका लागि पनि अंगुरको सेवनले मद्दत गर्छ । साथै यसले दिमागलाई समेत क्रियाशिल बनाउन मद्दत गर्छ । अल्जाइमर अंगुरमा पाइने रेसवेराट्रल नामक तत्वले अल्जाइमरको रोगीका लागि फाइदा पुर्याउँछ । नियमित अंगुरको सेवनले दिमागलाई स्वस्थ बनाउन र मानिसको स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ ।
सुगर सुगरको समस्या हुनेहरुका लागि पनि अंगुर फाइदाजनक हुन्छ । अंगुरको सेवनले सुगरको मात्र घटाउँने हुँदा यसको नियमित सेवन सुगरका बिरामीका लागि उपयोगी हुन्छ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ अंगुरमा पाइने भिटामिन ए र सीको कारण मानिसको प्रतिरोधात्मक क्षमता बढाउन तथा रुघाखोकी लगायतका संक्रमणबाट हुने समस्याबाट छुट्कारा दिलाउँछ । अंगुरको नियमित सेवनले मोतिबिन्दु, किड्नी, छालाको समस्या, दाग धब्बा लगायतका समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ ।
=====================
राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला |
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget