मधेसी जनतालाई भारतीय भन्नेलाई मुखभरी जवाफ दिनुः माधव नेपाल

१६ माघ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले मधेसी जनतालाई भारतीय भनेर हेप्न खोज्नेलाई मुखभरी जवाफ दिनु पर्ने बताएका छन् । साथै उनले मधेसी जनताको देशभक्तिमाथि प्रश्न उठाउन नसकिने बताए ।
शनिबार काठमाडौंमा भएको एमाले नारायण अञ्चल सम्पर्क कमिटीको कार्यकर्ता भेलामा नेता नेपालले सीमा क्षेत्रको रक्षा गरेर बसेका मधेशीमाथि कसैले पनि भारतीयको आरोप लगाउन नपाउने बताए ।
‘मधेसीहरु देशभक्त हुने भन्नेमा प्रश्न खडा गर्ने कुरै आउँदैन । उनीहरुले सीमानाको रक्षा गरेका छन्’ उनले भने-‘कसैले पनि उनीहरुलाई भारतीय भन्छ भने हेप्न खोज्छ भने मुखभरी जवाफ दिनुपर्छ ।’
मधेसी जनता नेपालका आदिवासी भूमिपुत्र भएको भन्दै उनीहरुमा पहाडियाहरुमा जत्तिकै राष्ट्रभक्ति रहेको बताए । एमाले नेता नेपालले संविधानका बारेमा मधेशमा गलत हल्ला फैलाएको भन्दै एमालेका कार्यकर्ताहरुले त्यो भ्रम चिर्नुपर्ने बताए ।
कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले मधेसवादी दलको आन्दोलनका कारण एमालेका कार्यकर्ताले पार्टीको झण्डा उठाउने आँट नगरेपनि कार्यकर्ताहरु विचलित भएर आन्दोलनमा नगएको बताए । दुई महिनाभित्र एमालेका लाखौं कार्यकर्तालाई मधेसको सडकमा उतारेर मधेशवादी दललाई जवाफ दिने उनले बताए ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget