सिरियाको मडायामा मानवीय संकट बढ्दै, भोकमरीका कारण १६ जनाको मृत्यु


बिद्रोही नियन्त्रित सिरियाको मडायामा चरम मानवीय संकट बढेको छ । मडायामा भोकमरीका कारण १६ जनाको ज्यान गएको छ भने अझै ३३ जना मानिस कारण ज्यान जाने अवस्थामा रहेका छन् ।
यो महिनाको सुरुमा राहत सामग्री बोकेर संयुक्त राष्ट्रसंघका गाडी गएपछि पनि मडायामा १६ जना भोकमरीका कारण मृत्युको मुखमा पुगेको परोपकारी संस्था मेडिसिन सान्स फ्रन्टियर्स एमएसएफले जनाएको हो । मडायामा गएको हप्ता मडायाका बासिन्दालाई त्यहाँबाट अन्यत्र सारिएको थियो । त्यस क्रममा गरिएको व्यवहार कुनै पनि हालतमा स्वीकार्य नरहेको एमएसएफका कार्यसञ्चालन निर्देशक ब्रिसे डी ला भिग्नेले बताउनुभयो । गएको डिसेम्बरमा पनि मडायामा भोखमरीका कारण ३० जनाको ज्यान गएको थियो ।


जनवरीको सुरुमा मडायामा फसेका ४० हजार नागरिकका लागि खाद्यान्नसहितका अत्यावश्यक सामग्रीसहित दुई समूह त्यहाँ गएका थिए । स्वीजरल्याण्डको जेनेभामा राष्ट्रसंघको पहलमा सिरिया शान्ति वार्ता सुरु हुन लागेका बेला भोबमरीका कारण सर्वसाधारणको ज्यान गएको समाचार आएको हो । वार्ताका लागि सिरियाको विपक्षी समूह पनि जेनेभा पुगेको छ । यसअघि नै त्यहाँ पुगेको सरकारी समूह र विपक्षीबिच राष्ट्रसंघका दूतको मध्यस्ततामा वार्ता हुने छ । वार्तामा नागरिकको दयनिय अवस्था सुधारका बारेमा छलफल हुने अपेक्षा गरिएको छ । सिरियामा मडायासहित १५ भन्दा धेरै ठाउँमा सरकारी तथा विपक्षी र बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको चपेटामा परेका धेरै नागरिक अत्यावश्यक सामग्रीको अभावमा कष्टपूर्ण जीवन बिताइ रहेका छन् । राजधानी दमासकसबाट २५ किलोमिटर उत्तर पश्चिममा रहेको मडायाका बासिन्दा गएको ६ महिनादेखि घेराबन्दीमा छन् ।

news24

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget