आयरल्यान्डविरुद्ध नेपालको शानदार जित

आयरल्यान्डविरुद्ध नेपालको शानदार जित
बंगलादेशमा जारी आइसीसी यु-१९ विश्वकपको दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले हराएको छ। नेपालले १ सय ३२ रनको लक्ष्य २५.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो। नेपालका लागि योगेन्द्र सिंह कार्कीले अविजित ६१ रनको योगदान दिए। उनले ८१ बलमा ८ चौका प्रहार गरे। नेपालका लागि अरिफ शैखले पनि अविजित ३० रन बनाए। उनले ३६ बलमा ५ चौका प्रहार गरे। त्यस्तै सुनिल धमलाले ४ चौका र एक छक्कासहित २८ रन बनाए। ओपनर सन्दीप सुनार भने शून्य रनमै आउट भएका थिए।


यसअघि आयरल्यान्डले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

बंगलादेशस्थित फतुल्लाहको खान शाहेब ओस्मान अली रंगशालामा भएको खेलमा दीपेन्द्र सिंहले ७ ओभर खेलेर १८ रन खर्चिँदै दुई विकेट लिए। सुनिल धमलाले १० ओभरको खेलमा ३ मेडन राख्दै २३ रन खर्चेका थिए भने सुशील कँडेलले १० ओभरमै ५ मेडन राख्दै २० रन खर्चिए। दुबैले एक एक विकेटसमेत लिए। अरिफ शेखले ७ ओभरमा २० रन खर्चिए भने प्रेम तामाङले ६ ओभरमा १८ रन खर्चिए।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget