शहिद दिवसका अवसरमा सांसद राजेन्द्रबहादुर अमात्यलगायतका कांग्रेसका नेता तथा कार्यकर्ताले वीरगन्जमा मोटरसाइकल र्याली निकाली गण्डक चोकमा रहेको शहिद तेजबहादुर अमात्यको शालिकमा माल्यार्पण गरेका थिए ।
यसैबीच मधेसी मोर्चाले भने नेपाली कांग्रेसले गरेको कार्यक्रमको बिरोध गरेको छ । गठबन्धनका युवाहरुले सालिकमा लगाइएका माला खोस्नुका साथै टायर बालेर नाराबाजी गरेका छन् ।
शहिद तेजबहादुर अमात्यको शालिक अगाडी बिरोध प्रदर्शन गर्दा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडपसमेत भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
imagekhabar
Post a Comment