आईसीसी यू–१९ विश्वकपस् नेपालभन्दा भारतलाई दबाब

आईसीसी यू–१९ विश्वकपमा दाबेदार भारतको सामना गर्दा नेपाल दबाबरहित हुनेछ । यो भनाइ नेपालका प्रशिक्षक जगत टमाटाको हो । नेपाल र भारत दुवै अघिल्ला दुई खेल जितेर क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । सोमबारको भिडन्तले समूहविजेताको निर्क्यौल गर्नेछ ।




बंगलादेशमा भइरहेको प्रतियोगितामा न्युजिल्यान्डमाथि ३२ रनको जित हात पारेको नेपालले त्यसपछि आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । भारतले आयरल्यान्डलाई ७९ र न्युजिल्यान्डलाई १ सय २० रनले हराएपछि नेपालसँगै एक खेलअगाडि नै नकआउट चरण पुगेको थियो ।

झन्डै ६ महिनादेखि भारतले गरेको ‘अघोषित नाकाबन्दी’ का कारण भोग्नुपरेको पीडाका कारण पनि धेरै नेपालीले यस खेललाई प्रतीक्षित खेलका रूपमा लिएका छन् । तर नेपालका प्रशिक्षक टमाटा राजनीतिक संकटप्रति खेललाई तान्न खोज्दैनन् । तर पनि उनले कूटनीतिक हिसाबमा भारतसँगको खेललाई जोडे ।


‘सौरभ खनाल हाम्रा निकै महत्त्वपूर्ण खेलाडी थिए । उनी चोटका कारण अन्तिम समयमा खेल्न सकेनन् । पहिलो खेल हामीले उनै सौरभका लागि खेलेका थियौं, दोस्रो खेल हाम्रा लागि निकै महत्त्वपूर्ण थियो । जितेमा क्वाटरफाइनल पुग्थ्यौं । त्यसैले टिमका लागि खेल्यौं, तेस्रो खेल नेपाली जनताका लागि खेल्नेछौं,’ टमाटाले बंगलादेशबाट भने ।भारतसँगको खेलमा उनी ढुक्क देखिन्छन् ।-कान्तिपुरबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget