आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ३९ जनाको मृत्यु

काठमाडौं, माघ १७ । टर्कीबाट समुद्री मार्ग हुँदै ग्रिस प्रवेश गर्ने क्रममा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ ।
टर्कीको एजियन सागर पार गर्ने क्रममा डुंगा दुर्घटना हुँदा धेरै आप्रवासीको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरै बालबालिका रहेको बताइएको छ । तट रक्षकले ६० जनाभन्दा बढीको उद्दार गरेका छन् ।
समुद्रमा डुबेको डुंगाको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
मध्यपूर्वका द्वन्द्वग्रस्त सिरिया, अफगानिस्तान, इराकसहितका देशका हजारौं नागरिकले उत्तरी युरोपमा शरण पाउने आशामा टर्कीबाट ग्रिससम्म जोखिमपूर्ण समुद्री मार्गको यात्रा तय गर्ने गरेका छन् ।
शरणार्थीका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमले यो वर्ष लागेपछि अहिलेसम्म भूमध्य सागरमा डुबेर २ सय ४४ जना आप्रवासीको मृत्यु भइसकेको जनाएको छ ।
समुद्री मार्ग भएर यो वर्ष ५५ हजार ५ सयभन्दा धेरै आप्रवासी युरोप प्रवेश गरेका छन् । केही दिनअघि पनि ग्रिसको सामोस द्विपमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो । गतवर्ष समुद्री मार्ग भएर १० लाखभन्दा धेरै आप्रवासी युरोप प्रवेश गरेका थिए । (एजेन्सी)
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget