समन्द्री छालले अष्ट्रेलियामा नेपालीको ज्यान गयो

भिक्टोरियाको समुद्री किनारामा घुम्न गएका एक नेपालीको फेरि पानीमा डुबेर मृत्यु भएको छ। यो वर्ष अस्ट्रेलियास्थित भिक्टोरियाको फीलिप आइल्यान्डको केप ओलामाई तटमा गत आइतबार भएको एक दुर्घटनामा गम्भीर घाइते नेपाली युवकको जीवन सुबेदीको मृत्यु भएको हो।
सोही स्थानमा एकै दिनअघि अर्की फिलिपिन्सकी महिलाको पनि निधन भएको थियो। २७ वर्षीय सुवेदी मेलबर्न निवासी हुन्। उनी साथीहरुसँग घुम्न समुद्री तटमा गएका थिए। प्रत्यक्षदर्शीका अनुसार फोटो खोच्दै गरेको बेला समुद्री छालले उनीहरुलाई हुत्याएको थियो।
यसक्रममा चारजना समुद्रमा डुबेका थिए। यसमध्ये दुईजनाको ज्यान गएको हो र दुईजना अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन्।
दुर्घटना लगत्तै तटरक्षकहरुले उनीहरूको उद्धार गरेर अस्पताल पुर्‍याएका थिए। उनीहरूलाई समुद्री छालले करिब ६० मिटर टाढा पुर्‍याएको थियो । लाईफ सेभिङ भिक्टोरियाले एक चेतावनी जारी गर्दै तटरक्षकहरु नभएको ठाउँमा समुद्रबाट टाढै रहन आग्रह गरेको छ।
पछिल्लो समय नेपाली समूदायमा समुद्रमा डुबेर ज्यान गुमाउने क्रम बढेको छ ।
गत फेब्रुअरीमा नेपाली युवा लोमस पराजुलीको समुन्द्रमा डुबेर मृत्यु भएपछि एक महिनाअघि मात्र अनिस क्षेत्रीको लिटिल क्रिष्टल क्रिक पानीमा डुबेर निधन भएको थियो। दुई साताअघि नेपाली समुदायमा चिनिएका सीड्नीवासी पूर्ण बोहराको क्रिसमस बिदामा सपरिवार रमाइलो मनाउन जादा न्यु साउथवेल्सको नउरामा पानीमा डुबेर मृत्यु भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget