माघ २५ गते
चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हवल्दार सुन्तली‘को एक पोष्टरले खुबै चर्चा पायो । सायद चलचित्र चलिन्जेलसम्म पनि यो पोष्टरले चर्चा पाउँला ।
निर्माता छविराज ओझाका कतिपय चलचित्र पोष्टर चोरीको आरोपमा नपरेका भने होइनन् । छविराज ओझाले नायिका शिल्पा पोख्रेललाई नायक सविन श्रेष्ठको काखमा राखेर तयार पारेको एक पोष्टर उनकै कन्सेप्ट भने थिएन ।
यो चलचित्रको पोष्टर मलायलम चलचित्र ‘लक्की द रेसर’बाट प्रभावित देखिएको छ । पोष्टरको मुख्य कन्सेप्ट चोरी भएतापनि यसलाई केही फरक ढंगको बनाउन खोजिएको छ ।
मलायलम चलचित्रका मुख्य कलाकार अर्जुन र श्रुती हसनलाई राखेर तयार पारिएको पोष्टर र नेपाली चलचित्र ‘हवल्दार सुन्तली’मा शिल्पा र सविनलाई राखेर तयार पारिएको पोष्टरमा भिन्नता केही पनि छैन । चलचित्र भने यसरी प्रभावित छ या छैन, चैत्र २७ लाई नै कुर्नुपर्ला । चलचित्रलाई ऋषी लामिछानेले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment