पुरुषहरुका लागि यसरी बनाउनुहोस् घरेलु फेसियल मास्क

पहिलो जमानाको तुलनामा अहिले पुरुषहरु आफ्नो निकै धेरै ख्याल राख्न थालेका छन् । पुरुषहरुको रफ एण्ड टफ लुक अहिले धेरै पुरुषहरुले रुचाउँदैनन् । हेयरस्टाइल परिवर्तन गर्नु होस्, फेसियल, ब्लिच अथवा फेस प्याक लगाउने होस्, यी सबै कुराहरुलाई महिलाले मात्र गरिने भन्ने संज्ञा दिइन्थ्यो तर यी कुराहरुलाई पुरुषहरुले पनि अपनाउन थालेका छन् ।
छालाको हेरबिचार गर्ने कुरा महिलाहरुका लागि मात्र नभई पुरुषहरुले पनि यस्तो कुरामा ध्यान दिन जरुरी छ । महिलाको छालाको तुलनामा पुरुषहरुको छाला निकै कडा हुने गर्दछ त्यसकारण पुरुषहरुको छालामा साबुन, लोसन र क्रिमले थोरै कम प्रभाव पारेको हुन्छ । पुरुषहरुले आफ्नो छालाको नियमित ध्यान दिनुपर्ने हुन्छ जसका लागि केहि घरेलु फेसियल मास्क बनाउने बिधि दिइएका छन् । यी मास्कहरुलाई नियमित छालामा लगाउँदा अनुहारबाट हराएको चमक फिर्ता आउने गर्दछ । दहिबाट बनेको फेस प्याकः जब तपाईं दिनभरिको थकानबाट घर फर्कनुहुन्छ तब तपाईंको छालामा हजार प्रकारको धुलो, माटो र प्रदुषणले भरिएको हुन्छ र त्यसको तपाईंको छालाको पोर्सहरु बन्द हुने गर्दछ । यस्तो अवस्थामा तपाईं आफ्नो अनुहारमा दहि लगाउन सक्नुहुन्छ । यसले तपाईंको छाला ताजा र स्वस्थ देखिन्छ । कागतीको रसः यदि तपाईंको छाला चिल्लो हुने गर्दछ भने गर्मी महिनामा यस्तो छालामा निकै समस्या निम्त्याउने गर्दछ । अनुहारबाट अत्यधिक तेललाई सफा गर्नका लागि कागतीले निकै सहयोग गर्नेछ । एउटा कचौरामा कागतीको रसमा केहि थोपा जैतुनको तेल र मह राखेर अनुहामा लगाउनुहोस् । मुल्तानी माटोः घ्युकुमारी, मुल्तानी माटो र अण्डाको पहेँलो भागलाई एकैठाउँमा मिसाएर पेस्ट तयार गर्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले अनुहारको पोर्समा भरिएको फोहोरलाई सफा गर्दछ र अनुहारलाई निकै चम्किलो बनाउँछ । स्ट्रबेरी फेस मास्कः थोरै स्ट्रबेरीलाई मिचेर पेष्ट बनाउनुहोस् । त्यसमा केहि थोपा मह र जैतुनको तेल हाल्नुहोस् । यो प्याकलाई अनुहारमा लगाउनुहोस् र चिसो पानीले अनुहार धुनुहोस् । यसले अनुहारको छालालाई निकै राम्रो बनाउने गर्दछ । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget