केही प्रहरीको आचारणका कारण प्रहरी प्रशासन बदनाम भयो : डिआइजी अधिकारी

दिपक शर्मा
सल्यान, फागुन १६ – मध्य पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक केशव प्रसाद अधिकारीले केही प्रहरीको आचारणको कारण प्रहरी प्रशासन बदनाम भएको बताएका छन् ।
सल्यान जिल्लाको अनुगमन गर्ने क्रममा आज शितलपार्टीमा भएको कार्यक्रममा प्रमुख अधिकारीले केही प्रहरीका कारण प्रहरी कि त पैसाले किन्ने कि त त चिन्न पाउने बस्तु भएको बताउनु भयो । उनले भने, ‘प्रहरी सेवा निःशुल्क सेवा गर्ने संस्था हो तर केही प्रहरीको आचारणका कारण जनमानसमा चिन्ने र किन्नेको बस्तु हुन पुगेको छ । ’
प्रहरी प्रशासन निशुल्क सेवा भएको जनविश्वास दिलाउनु आफ्नो पहिलो कार्यभार भएको बताउदै प्रहरी प्रमुख अधिकारीले केही प्रहरी प्रशासनको आचारणमा सुधार ल्याई जनमन जित्ने दावी गरे । प्रत्येक पाइला पाइलामा प्रहरीको उपस्थिति हुन नसकेपनि प्रहरी प्रशासन भएको हरेक जनतामा अनुभुति दिलाउदै अघि बढ्ने प्रबिवद्धता समेत जनाए ।
यस्तै एक अर्को प्रसंगमा डिआइजी अधिकारीले मध्यपश्चिम क्षेत्रमा सवारी साधन दुर्घटना मुख्य चुनौती भएको बताए । सवारी साधनको चाप र सडकको विस्तारले सवारी साधन दुर्घटनामा चुनौती थपिएको उनको भनाई रहेको छ । मध्यपश्चिम क्षेत्रमा विगत ६ वर्षमा ४ सय ६५ प्रतिशतले सवारी साधनको वृद्धि भएको र ३ सय ९४ प्रतिशत सडक सञ्जालको विस्तार भएको बताए । उनले भन्नु भयो विगतका वर्ष भन्दा सवारी साधनको अत्याधिक चाप र सडक विस्तारको गतिले गर्दा सवारी साधन नियमनमा समस्या भएको छ ।
दिनमा एक ट्राफिक प्रहरी बराबर ४ सय ६४ सवारी साधनको नियमन गर्नु पर्ने अबस्थामा कसरी सवारी सधानमा नियमन हुन्छ तपाई आफै भन्नुहोस भन्दै प्रति प्रश्न गरे ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget