सुत्न जानुअघि के गर्ने, के नगर्ने ?

-   छिटो सुत्न नजाने । धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा नपर्न सक्छ । सुत्न जाने उपयुक्त समय भनेको राती १० वजे देखि १०.३० सम्म हो । –  निदाउनको लागि मदिरा नपिउने । रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र वेला वेलामा निद्रा खुल्ने हुन्छ । –    सुत्न जानु भन्दा पहिले चुरोट÷सुर्ती सेवन ग¥यो भने मस्तिस्कमा एक प्रकारको उत्तेजना वढाउँछ र निद्रा आउन वाधा पार्छ । सुत्न जानु भन्दा १÷२ घण्टा अगाडि यस्ता पदार्थ प्रयोग नगर्दा निद्रा आउन सक्छ । –
   भोकै सुत्न जानु राम्रो हुदैन । पेट भोको भयो भने निद्रा लाग्दैन, सुत्नु भन्दा अगाडि धेरै पानी पियो भने पनि पिसाव लागेर उठ्नु पर्ने हुन्छ । –    नियमित शारीरिक व्यायाम स्वास्थ्यको लागि राम्रो हुन्छ र निद्रा पर्न पनि सहयोगी हुन्छ तर एकदमै वढी शारीरिक व्यायाम भने गर्नु हँुदैन । –   लेख्ने, पढ्ने वा कम्प्युटरमा काम गरी राख्नु भएको छ भने सुत्नु भन्दा पहिले करिव आधा घण्टा जति काम गर्न छोड्नुहोस र रिल्याक्स गर्नुस् । –    सकभर निद्राको लागि औषधी प्रयोग नगर्नु राम्रो हुन्छ । औषधी प्रयोग नगरी नहुने भए एक हप्ता वा त्यो भन्दा वढीको लागि प्रयोग गर्नु हुदैन । –   सुत्नु भन्दा पहिले मनतातो दुध पिउदा निद्रा लाग्न मद्वत गर्छ । –    सकिन्छ भने सुत्नु भन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउदा पनि शरीर रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग गर्छ । –    वेलुका निद्रा लागे पछि सुत्ने र विहान निद्रा खुलेपछि उठ्ने नियमित गर्नेहरुमा निदाउने र निद्रा खुल्ने साइकल वनेको हुन्छ । सधैं करिबकरिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा निद्रामा प्राय समस्या आउँदैन । तर सधेै सुत्ने र उठ्ने समय फरक गरिरहँदा निद्रा लाग्ने र विहान जाग्ने साइकल विग्रिन्छ । एउटै समयमा सुत्ने भन्नाले एकदम घडी मिलाउनु भने पर्दैन, भनौ १० वजे सुत्ने प्लान छ भने आधा घण्टा अघि वा आधा घण्टा पछि हुँदा फरक पर्दैन तर कहिले १० वजे कहिले १२ वजे वा कहिले १ वजे सुत्न लाग्यो भने सुत्ने नियमितता विग्रिन्छ । धेरै मानसिक तनाव भएर वा विभिन्न रोग लागेर निद्रा नलागेको हो भने तनाव घटाउने र रोगको उपचार गर्नेतर्फ लाग्नु पर्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget