सिंगापुरमा दिनकै नेपाली पक्राउ पर्न थाले, नो अनअराइभल भिसा !

१५ फागुन, काठमाडौं ।
आकर्षक रोजगारीको लोभमा अवैध तरिकाले जाँदा वा बसोबास गर्दा सिंगापुरमा दैनिक एकजना नेपाली पक्राउ पर्छन् । यसै कारण सिंगापुरले नेपाली नागरिकलाई सहजै दिँदै आएको अनअराइभल भिसा बन्द गर्ने संकेत दिएको कूटनीतिक स्रोतहरूले जानकारी दिएका छन् ।

सिंगापुर सरकारले नेपालीहरूप्रतिको अध्यागमन नीति परिवर्तन गर्नसक्ने संकेत थाइल्यान्डस्थित नेपाली दूतावासलाई दिएको हो । बैंककस्थित दूतावासले सिंगापुर पनि हेर्छ । 'हरेक दिन नेपालीलाई समाएको जानकारी दिँदै छन् । सिंगापुरले जो कोहीलाई पक्राउ गर्नेबित्तिकै सम्बन्धित मुलुकमा खबर गर्छ,' थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले टेलिफोनमा भने ।

सोझासाझा नेपालीलाई सिंगापुरमा काम लगाइदिने भन्दै दलालले लैजाने र उनीहरूलाई भिसा थप्ने जानकारीसमेत नहुने हुनाले यस्तो समस्या आउन थालेको अधिकारीले बताए । 'नेपालका केही दलालले यस्तो काम गरेका हुन् । हामीले गृह मन्त्रालय, अध्यागमन विभागलगायतसँग यसबारे छानबिन गर्न भनेका छौं । सूचनासमेत जारी गरेर सर्वसाधारणलाई सचेत हुन आग्रह गरिएको छ,' उनले भने ।

सिंगापुरमा नेपालीहरूप्रति ठूलो विश्वास र सम्मान छ । सिंगापुर प्रहरीमा दुई हजारभन्दा बढी नेपाली कार्यरत छन् । तर, पछिल्लो समय अवैध क्रियाकलापबाट पक्राउ पर्ने प्रवृत्ति बढदा त्यो सम्मानमा ठेस पुग्ने खतरा बढेको अधिकारीहरू बताउँछन् ।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकाहरू त्यहाँबाट जोहोरबारु हँुदै सिंगापुर जाने र उतै भारतीय पसल तथा कम्पनीमा काम गर्ने प्रवृत्ति बढेको पाइन्छ । पढ्न गएकाहरू पनि ओभर स्टे गर्न थालेका छन् । यहाँबाट टिकट काटेर काम गर्नकै लागि जानेहरू पनि छन् ।

सिंगापुर र फिलिपिन्सले अहिलेसम्म नेपाली नागरिकलाई अनअराइभल भिसा निःशुल्क दिँदै आएका छन् ।  अहिले सार्कका बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले अनअराइभल भिसा दिए पनि त्यो बिनासर्त छैन । कुनै कार्यक्रम र बस्ने स्थानको ठेगाना देखाउनै पर्छ । फिलिपिन्सले पनि त्यो सोध्छ, तर सिंगापुरले न बस्ने स्थान सोध्थ्यो, न त र्फकने समय । टिकट काटेर सिंगापुर पुग्ने नेपालीलाई अध्यागमनले भिसा स्टाम्प लगाएर एक महिनाको निःशुल्क प्रवेश दिने गर्दै आएको छ । कतिपयलाई तीन महिनाको पनि दिने गरेको चन्द्रशेखर अधिकारीले कान्तिपुरमा खवर लेख्नुभएको छ ।

नेपालले सन् १९९० को अन्त्यसम्म पनि विश्वको धेरै मुलुकमा अनअराइभल भिसा पाउने अवस्था थियो । तर, धेरै नेपाली त्यहाँ पुग्ने र शरणार्थीमा आवेदन दिने गरेपछि त्यसमा कटौती हुँदै आएको हो । १९९३ सम्म युरोपेली मुलुक जर्मनीमा नेपालीलाई अनअराइभल भिसा दिइन्थ्यो । सबैको कारण अवैध बसोबास नै हो । 'ओभर स्टे' नै प्रमुख कारण हो । अहिले पनि कूटनीतिक सम्बन्ध कायम भएका र नभएका कतिपय अपि|mकाली मुलुकमा अनअराइभल भिसा दिइन्छ ।

मानव तस्करी गिरोहका कारण नेपालीले पाउँदै आएका सम्मान धुमिल हुँदै गएको राजदूत अधिकारीले बताए । विश्वमा अनरआइभल भिसा प्रणाली बढदै गएको अवस्थामा नेपालीलाई झन् कस्दै जानुको कारण नेपाली स्वयं नै भएको उनले बताए ।

'सिंगापुरमा पनि नेपालीले 'ओभर स्टे' गरेको जानकारी आएको छ । यो समस्यालाई सुल्झाउन लागिपरेका छौं,' परराष्ट्र का निमित्त सचिव शंकरदास बैरागीले भने ।

भिडियो हेर्न तलको बक्समा थिच्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget