बानेश्वरमा प्रहरी र ३० दलीय मोर्चाका कार्यकर्ताबीच झडप

February 28, 2015

काठमाडौं, फागुन १६ – विपक्षी ३० दलीय मोर्चाले आज राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनका क्रममा तीनकुनेबाट निस्किएको शान्तिपूर्ण जुलुस नयाँ बानेश्वरको सिभिल हस्पिटल पुग्दा प्रहरीले रोक्न खोजेपछि झडप भएको छ ।

जुलस सहित खुलामञ्चतिर लागेका विपक्षी दलका कार्यकर्तालाई प्रहरीले निषेधित क्षेत्रभन्दै रोकेपछि झडप भएको हो ।


प्रहरी घेरा तोड्दै आन्दोलनकारीहरु अगाडि बढ्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज सुरु गरेपछि आन्दोलनकारीहरुले ढुंगामुडा सुरु गरेका थिए ।

आन्दोलनकारीले ढुंगामुडा गरेपछि प्रहरी त्यहाँबाट भागेका थिए ।

त्यस्पछि अघि बढेको आन्दोलनकारीहरुमाथि प्रहरीले दर्जनौं अश्रुग्याँसका सेल प्रहार गरेका थिए ।

झडपमा आन्दोलनकारीको ढुंगा लागेर ४ जना प्रहरी घाइते भएका छन्  भने प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी आन्दोलनकारी घाइते बनेका छन् ।

यतिबेला बानेश्वरको स्थिति तनावग्रस्त रहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget