मोटोपन घटाउनका लागी कुन खाना राम्रो ?

काठमाडौं, मोटोपनको सामना गर्नका लागी कुन चाहीँ खानपान सबै भन्दा राम्रो छ ? डक्टरहरूले जनाए अनुसार भूमध्यसागर को आसपासका देशहरूका मानिसहरू जुन प्रकारको खाना खाने गर्दछन, ती खानाहरूले मोटोपन कम गर्नमा निकै उपयोगी हुने गर्दछ ।

अब तपाइँ सोच्नुहोला कि त्यहाँका मानिहरू के खान्छन होला ? डक्टरहरूका अनुसार यी देशहरूमा (टर्की, ग्रीस, इटलीका केही भाग) भोजनमा फल, सब्जिहरू तथा जैतूनको बहुल्यता धेरै हुने गर्दछ ।

पोस्टग्रेजुएट मेडिकल जर्नलमा डक्टरहरूले लेखेका छन कि भूमध्यसागरीय भोजनमा हृदयघात हुने खतरा कम हुने गर्दछ ।

यति मात्र हैन डक्टरहरू भन्छन कि यी भोजन खानपानका ति तरिकाहरूभन्दा अझ बढि राम्रो छ, जसमा बोसो कम हुने भोजनको सिफारिश गरिन्छ ।

पोषक भोजनको फाइदाः

उक्त जर्नलमा भनिए अनुसार कस्तो खाना खाने हो, यो कुरा धेरै महत्वपूर्ण छ, न कि क्र्याश डाइटिङ अचानक पूरा खानपाननै बदल्ने भने हैन ।

यस लेखका प्रमुख अनुसन्धानकर्ता डा. असीम मल्होत्रा हुन, उनले बताए अनुसार भूमध्यसागरीय भोजन राम्रो हुनुमा वैज्ञानिक सबूत रहेको छ । उनी भन्छन कि हामीले मानिसहरूलाइ यो कुरामा जोड दिनु पर्दछ कि उनीहरू पोषक तत्वहरू भएको भोजन खाउँन ।

उक्त लेखमा यो पनि भनिएको छ कि हृदयघात पछि यदि कोही मानिस भूमध्यसागरीय भोजन खान थाल्दछन भने यो खानाले कोलेस्ट्रोललाइ कम गर्नमा तीन गुणा धेरै प्रभावशाली हुने गर्दछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget