जो एकै पटक करोडपतिबाट कंगाल भइन्

मैतीदेवीको घर उनले आफू बस्नकै लागि भनेर बनाएकी थिइन् । धेरै बलियो र राम्रो निर्माण सामग्री प्रयोग गरेर बनाएको यो घर अहिले अरु कसैको कब्जामा छ । ३६ प्रतिशतसम्मको ब्याज जोडेर यो घर अहिले कसैले चप्काइदिएको छ । उनी भने चिया बेच्न घरको बाटो भएर हिँड्छिन् र आफ्नो घर हेरेर आँसु बगाउँछिन् ।

हिजो ढुकुटी खेल्दा वाइन पिउने मञ्जुलाई अहिले सफा पानी किनेर खान पनि मुस्किल छ । हिजो टन्न पैसा हुँदा खरिद गरेको वासिङमेशिन अहिले थोत्रा कपडा कोचेर राख्नुपरेको छ । यतिसम्म हिँजो करोड रुपैयाँ सापट दिने मञ्जुलाई आफ्नी छोरी बिरामी परेर अन्तिम अवस्थामा पुग्दा कसैले पाँच हजार रुपैँयासम्म पत्याएनन् ।


मञ्जु बंगालाबाट झरेर रोडमा आइपुगेकी छिन् । कापीको पानामा २५ करोडभन्दा धेरै लिनुपर्ने छ र दिनुपर्नेहरुले दिएको चेक पनि करिब १० करोडको छ । तर के गर्नु यी कापीका पानामा भएको हिसाबले न दाल किन्न सकिन्छ न त चामल नै । दैनिक गुजारा चलाउन पैसा चाहिन्छ, तर पैसाको नाममा एक हजार पाउन धौधौ छ । त्यसैले अहिले उनी पसल पसलमा चिया बेच्न हिँड्दैछिन् ।

मञ्जु कार्की– जो ४ वर्ष अघिसम्म मैतीदेवीक्षेत्रमा सबैले चिन्ने मान्छे थिइन् । तर अहिले गुमनाम जस्तै छिन् । ३ वर्ष अघिसम्म उनको परिवारको नाममा मैतीदेवीमा मात्रै ६ वटा घर थियो भने चुच्चेपाटीमा विशाल बंगाला थियो । बाटोमा कहीँ जानुपर्दा यिनले कहिले आई १० त कहिले स्याण्ट्रो कार चढेर हिँड्थिन् ।
तर यतिबेला उनको जीवनमा पूरै उलटपुलट भएको छ । अहिले यिनको नाममा न त घरजग्गा नै छ न त कार । हिँजो कारमा सारीको सप्को मिलाउँदै हिँड्ने मञ्जु अहिले भाडाको सवारीसाधन कुरेर बस्छिन्, ठेलमठेल गर्दै गाडीमा हिँड्छिन् । यतिसम्म कि अहिले मञ्जु आफ्नो दैनिक गुजारा चलाउनका लागि झोलामा दुई चार पोका चियापत्ती बोकेर पसल पसल चहार्छिन् र त्यसको नाफाबाट आउने केही पैसाले दैनिकी चलाउँछिन् ।
३ वर्षको अन्तरालमा यिनको जीवनमा यति धेरै उतारचढावको एउटै कारण हो –ढुकुटी । ढुकुटी खेल्ने र खेलाउने गर्नाले अहिले यिनी बंगालाबाट झरेर रोडमा आइपुगेकी छिन् । यिनको कापीको पानामा २५ करोडभन्दा धेरै लिनुपर्ने छ र दिनुपर्नेहरुले दिएको चेक पनि करिब १० करोडको छ । तर के गर्नु यी कापीका पानामा भएको हिसाबले न दाल किन्न सकिन्छ न त चामल नै । दैनिक गुजारा चलाउन पैसा चाहिन्छ, तर पैसाको नाममा एक हजार पाउन धौधौ छ । त्यसैले अहिले यिनी पसल पसलमा चिया बेच्न हिँड्दैछिन् ।
३ वर्ष अघिसम्म भएको आफ्नो सातवटा घर अहिले सबै अरुकै नाममा दर्ता छन् । आफ्नो घर हुँदा किनेका केही महङ्गा फर्निचर त यिनीसँग नै छ, तर ती फर्निचर अहिले आँफैलाई घाँडो भएको छ । यी फर्निचर राख्नका लागि धेरै कोठा लिनुपर्दा मासिक भाडा तिर्न पनि धौधौ छ, र आफन्तसँग ऋण लिनुपरेको छ ।
हुन त यिनले ढुकुटी खेल्न र खेलाउन थालेको करिब ५ वर्ष भयो । ढुकुटी खेल्नुभन्दाअघि यिनको आफ्नै सम्पत्ति करिब १ करोड २० लाखको थियो । ढुकुटी खेल्नुभन्दा अगाडि यिनको महावौद्धमा कपडाको व्यापार थियो । पसलको ब्यापारले यिनको दैनिक गुजारा पनि चलेको थियो र केही नाफा पनि थियो । माइतीबाट आएको दाइजोदेखि आफैंले दुख गरेर कमाएको पैसाले उनले मैतीदेवीमा यो घर किनेकी थिइन् । घर किनेपछि मैतीदेबीमा स्थायी बसोबास बनाएकी मञ्जुले त्यहीँ ढुकुकटी खेलाउने महिलाहरुसँग चिनचान भयो र उनले पनि त्यहीँ ढुकुटी खेल्न र आफूले पनि खेलाउन थालिन् । सुरु सुरुमा ढुकुटीकै पैसाले ७ वटासम्म घर जोडेर घरजग्गाकोसमेत ब्यापार थालेकी मञ्जु अहिले भने अरु कसैको घरमा भाडामा बस्नुपरेको छ ।
ढुकुटी खेल्ने धेरैजसोले थाचेरै पैसा सकारेर ढुकुटी खान थालेपछि यिनी धेरै नाफा हुने भन्दै अन्तिममा खाने भनेर बस्ने थालिन् । तर अधिकांशले थोरै मुल्यमै ढुकुटी खाएर किस्ता तिर्न नआउने र आफूले खेलाएकोमा पनि धेरैजना भाग्न थालेपछि उनजी यसरी चुर्लम्म डुबिन् ।
मैतीदेवीको घर उनले आफू बस्नकै लागि भनेर बनाएकी थिइन् । धेरै बलियो र राम्रो निर्माण सामग्री प्रयोग गरेर बनाएको यो घर अहिले अरु कसैको कब्जामा छ । ३६ प्रतिशतसम्मको ब्याज जोडेर यो घर अहिले कसैले चप्काइदिएको छ । उनी भने चिया बेच्न घरको बाटो भएर हिँड्छिन् र आफ्नो घर हेरेर आँसु बगाउँछिन् ।
मैतीदेवीको अर्को घर । जुन, आफ्नै मेहनतको कमाइले किनेको घर । जहाँ उनी वस्थिन् । यही घरमा उनका कैयन् ढुकुटी पार्टी चले । तर अहिले यो घरमा पनि अरु नै बस्छन् । ढुकुटीले डुबाएर आफूले तिर्नपर्ने मान्छेले गुण्डा ल्याएर दैनिक धम्काउन थालेपछि उनले यो घर पनि छाडेर जानुप¥यो । यो घरमा अरु कसैले कब्जा जमाएपछि घर छाड्ने अघिल्लो दिन नै उनी रुँदै निस्किइन् ।
अहिले उनी काठमाडौंकै कुनै गुप्त स्थानमा बस्छिन् र भाग्दै हिँड्छििन् । उनको कापीको पानामा अहिले पनि लिनुपर्ने २५ करोडभन्दा बढी छ र तिर्नुपर्ने पनि करिब १४ करोड छ । उनको डेरामा केही महङ्गा फर्निचर त छन्, तर त्यसमा राख्ने तन्नासम्मको हालत यस्तो छ । १ लाखभन्दा बढी पर्ने पलङ भए पनि उनले त्यसमा राम्रो तन्नासम्म राख्न सकेकी छैनन्, र च्यातिएको तन्नामाथि भारी मनज बिसाउनुपरेको छ ।
मञ्जु कार्कीका श्रीमान् पहिले नेपाली सेनामा जागिरे थिए । बिरामी हुन थालेपछि उनले जागिर छाडेर पसल सुरु गरे । बिरामी झनै बढेपछि उनले पसल बेचेर त्यही पैसाले घर किनेर बस्न थालेका थिए । तर अहिले यिनलाई यी सब सपनाजस्तो लाग्छ । ढुकुटीमा देखिने दैनिक करोडौं रकम र पार्टीले अहिले पनि मञ्जुका श्रीमान् बाबुकाजी शेर्पालाई पिरोल्छ । ती दिन र सम्पत्ति सम्झेर अहिले यिनी यसरी आफ्नै डेराको आँसु चुहाउँदैछन् ।
ढुकुटी पार्टीका ती रङ्गीन दृश्यहरुले अहिले पनि यो दम्पत्तिलाई झस्काइदिन्छ । हिजो सबैका हाई हाई भएकी यी दम्पत्ति अहिले भागेर हिँड्नुपरेको छ । दिनपर्ने मानिसले दैनिक गुण्डा सँगै ल्याएर धम्काउँछिन्, आफुले लिनुपर्ने मानिसहरु सम्पर्कमै छैनन् । अनि कसरी तिर्ने मञ्जु भन्छिन्, अब त बाँच्नै नपाइने भयो ।
आफूले पैसा दिनुपर्ने मानिसहरुले रातारात घर कब्जा गरे, तर दिनुपर्ने मानिसलेसमेत पैसा माग्दा उल्टै थर्काउने गरेका छन् । मर्न सहज पनि छैन, बाँच्न मन पनि छैन । कैयन्पटक त आत्महत्या गर्ने मन पनि आयो, तर उनले त्यो सकिनन् । मञ्जुका श्रीमान् बाबुकाजी भन्छन्, कतै मन्दिर गएर बस्नपाए पनि हुन्थ्यो ।
हिजो ढुकुटी खेल्दा वाइन पिउने मञ्जुलाई अहिले सफा पानी किनेर खान पनि मुस्किल छ । हिजो टन्न पैसा हुँदा खरिद गरेको वासिङमेशिन अहिले थोत्रा कपडा कोचेर राख्नुपरेको छ । यतिसम्म हिँजो करोड रुपैयाँ सापट दिने मञ्जुलाई आफ्नी छोरी बिरामी परेर अन्तिम अवस्थामा पुग्दा कसैले पाँच हजार रुपैँयासम्म पत्याएनन् ।
हँुदा सबको हाईहाई नहुँदा कोही न कोही भनेजस्तै भएको छ, यतिबेला मञ्जुलाई । ढुकुटी गैरकानुनी हो भन्ने त मञ्जुलाई थाहा थियो, तर आफ्नै यो अवस्था आइपुग्ला भन्नेमा उनले कल्पनासम्म गरेकी थिइनन् । अहिले उनी आफूले गरेको गल्तीको पश्चाताप त गरिरहेकी छिन्, तर उनीसँग कहिले १ हजार रुपैयाँ हातमा छैन । यति हुँदाहुँदै पनि मञ्जु भन्छिन्, कमसेकम बाँच्न त देऊ ।

ढुकुटीबारे के भन्छ प्रहरी ?

ढुकुटी के हो भन्ने यकिन बाक्यांश छैन । तर समूहमा थोरै थोरै पैसा जम्मा गरेर आलोपालो चलाउने र त्यस पैसाले ब्यापार ब्यबसाय गर्नेलाई ढुकुटी भन्न थालियो । सुरुमा ढुकुटी सामान्य हिसाबले साथीभाई वा परिपार परिवारमा ब्यापार ब्यवसाय गर्न सहज माध्यम बनेको थियो । पहिले पहिले पैसा जम्मा गरेर जसलाई सबैभन्दा बढी आवश्यक छ, त्यसैलाई दिने गरियो र तत्कालका लागि समस्या समाधान गदर्खै ब्यापार व्यवसाय पनि सञ्चालन भयो । पहिले सहकारीकारुपमा विकाश भएको ढुकुटी पछिल्लो समय आँफैमा ब्यापार वा व्यवसाय बन्न थाल्यो ।
ढुकुटीमा धेरै पैसा देखेपछि कतिपयले पैसा चाहिएपनि वा नचाहिए पनि ढुकुटीबाट धेरै पैसा छाडेर पनि पैसा खान थालियो । यतिसम्म की २० लाखको ढुकुटी खेलेकामा १० लाख छाडेर पनि खान थालियो । तर पछि १० लाख नतिर्ने वा तिर्न नसक्ने स्थिति आएपछि ढुकुटीमा बिस्तारै बेइमानी बढ्यो ।
कानुनमा ढुकुटीबारे केही कुरा उल्लेख भएको छैन । तर राष्ट्रबैंकको नीति अनुरुप कसैले आफूखुशी वा समूह समूहबाट पैसाको कारोबार गर्छ भने त्यो अवैध हो । पैसाको अवैध कारोबारलाई प्रहरी वा कानुनले अवैध भन्छ र ढुकुटी खेल्ने वा खेलाउनेलाई राज्यले कारवाही गर्छ ।
ढुकुटी जति नै अवैध भनिए पनि समाजमा अहिले पनि यसको व्यवसाय वा खेल बढ्दो छ । प्रहरी स्वयम भन्छ, पछिल्ला दिनमा पनि ढुकुटी जारी छ र समूहमा भइरहेकै छ ।
ढुकुटीकै कारण कतिपय मानिसहरुले आत्महत्या गरेका छन् भने कतिपय विदेश पलायन भएका छन् । कतिपय मानिसहरु देशमै भूमिगत भएर बसेका छन् । कतिको श्रीमान् श्रीमातीको सम्बन्ध बिच्छेद भएको र परिवार तथा समाज बिग्रिएको छ ।
ढुकुटी खेलेर कतिपय मानिसहरुले आफ्नो ब्यापार व्यवसाय सबै सिध्याएका छन् । यतिसम्म कि नाम चलेका ठूला ब्यापारीदेखि चलचित्रकर्मीसमेत ढुकुटीबाट सकिएका छन् ।
ढुकुटीले रित्याएका र बनेकाहरु
कतिपय भने ढुकुटी लुटेर रातारात करोडपति बनेका छन् । ढुकुटी लुटेर खाएर कोही यतिबेला सिङ्गापुरमा रमाइरहेका छन् त कोही काठमाडौंमै चार पाँचवटा बङ्गला बनाएर बसेका छन् अनि करोड बढी पर्ने टुस्सन कार चढेर हिँड्छन् । मैतीदेवीकी मञ्जु कार्कीले खेलाएको र खेलेको ढुकुटीमा पूजा कार्कीले करिब ८० लाख तिर्नुपर्ने छ । तर उनी यतिबेला सिङ्गापुरमा वाइन पियर रमाइरहेकी छिन् ।
मञ्जुले खेलेको र खेलाएको ढुकुटीमा गरी प्रदिप सिंह, मनोज घिमिरे र शिवहरी कार्कीसँग गरी ५ करोडभन्दा बढी लिनु छ । तर मञ्जुको ढुकुटी रित्याएर यी तीनजनाले बे्रकफेल र दशगजा फिल्म बनाएर र अन्य पैसा जग्गामा लगानी गरे । तर त्यो पैसा मञ्जुलाई फिर्ता दिएनन् । अहिले उनीहरुको मोबाइलमा फोन गर्दा कसैको मोबाइल अफ त कसैको परिवर्तन भएको सुचना आउँछ । मञ्जुले पदमतारा तुलाधर नामकी महिलासँग पनि करिब डेढ करोड रुपैयाँ लिनु छ । ढुकुटी खेल्नुअघि पदमतारा करिब १ लाखको सानो कस्मेटिक पसल चलाएर बस्थिन् । तर ढुकुटी लुटेर अहिले उनले ३ वटा बङ्गला बनाएको तथा कार चढेर हिँड्ने मात्रै होइन, दुबईमा हिराको पसलसमेत खोलेको भन्छिन्, ढुकुटीपीडित मञ्जु कार्की ।
यी बाहेक मञ्जुलाई रित्याएर सडकमा पुराउने ढुकुटी डनहरु धेरै छन् । कोही ढुकुटी लुटेर रातारात करोडपति बनेका छन् भने कोही सडकमा आएका छन् । पछिल्लो समय राजधानीमा मौलाएको ढुकुटीले धेरैको ज्यान जोखिममा पारेको छ भन कतिको आँखाभरि आँसु छ । के सरकारले अवैध ढुकुटीमा पूर्णतः प्रतिबन्ध लगाएर परिवार र समाज बचाउन पहल गरेको छ त ? भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget