वास्तविक उमेर भन्दा कम देखिने तरिका

चुरोट पिउने वानी
सूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ । चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ । राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ ।
पोषण युक्त खानाको कमी
छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ । पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ ।
वढी गुलियो खाना

वढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई वेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्छ ।
कम पानी पिउने
शरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ । प्रशस्त पानी पिउदा शरीर भित्रका फोहर पदार्थहरु मल, मुत्र र पसिनावाट वाहीर राम्रो संग निस्कन्छन् । पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र त्यसको असर छालामा पनि देखिन्छ ।
निद्राको कमी
दिनभर दौडधुप र परिश्रम गर्दा शरीर तथा मस्तिष्क थाकी आराम खोजी रहेको हुन्छ । करिव सात घण्टा जती सुतेपछि शरीर र मस्तिष्कले आराम पाउँछन् र पुन काम गर्नको लागि फ्रेस हुन्छन् । यदि शरीर र मस्तिष्कले आफुलाई पुनर्ताजगी गर्न आवश्यक पर्ने आराम पाएनन् भने विहान उठ्दै खेरी फ्रेस हुदैनन् । लगातार यस्तो भइराख्यो भने वास्तविक उमेर भन्दा वढी उमेरको देखिने, छाला चाउरी पर्ने आदि हुन्छ ।
मानसिक तनाव
मानसिक तनाव को असर शरीर र मस्तिष्क दुवैमा नराम्रो पर्छ । कतिपय छालाका रोगहरु जस्तै सोरायसिस, दाद, मानसिक तनाव हुँदा वढ्छन् । अनुहारमा पनि मानसिक तनावको असर नराम्रो पर्छ ।
वढी घाममा वस्ने
सूर्यको किरणले पनि छालालाई नराम्रो असर पार्दछ, त्यसैले धेरै घाममा वस्नु वा घाममा काम गर्नु पनि हानीकारक हुन्छ । वढी घाममा वस्नेहरुको छालामा एक किसिमको क्यान्सर समेत वढी हुने गरेको छ । ओजोनतह नष्ट हुदै गएकोले र सूर्यवाट निस्कने अल्ट्राभाएलेट किरणले यस्ता हानी गर्दछन् । तर यसको मतलव घाममा वस्नै हुदैन वा घाममा काम गर्नै हुदैन भन्न खोजेको भने होइन । शरीरको लागि भिटामिन ‘डी’ आवश्यक पर्छ र यसको लागि घाममा केहि समय वस्नु पनि आवश्यक हुन्छ । अर्थात सोझै मुखमा घाम नपर्ने गरी केहि समय घाममा वस्न सकिन्छ, वढी वस्नु हुदैन ।
हार्मोनहरुको सन्तुलन विग्रने
शरीरको लागि धेरै प्रकारका हार्मोनहरुको आवश्यकता हुन्छ । महिलाहरुमा किशोरावस्था, गर्भावस्था र महिनावारीको साइकलको लागि विभिन्न हार्मोनहरु चाहिन्छन् । त्यस्तै गरेर महिला तथा पुरुष दुवैमा अन्य हार्मोनहरु आवश्यक पर्छन् । ती हार्मोनहरुको सन्तुलन विग्रदा पनि मस्तिष्कमा र शरीरमा असर पर्दछ । छाला सुख्खा हुने, खस्रो हुने यिनै कारण पनि हुन सक्छन् ।
छालामा असर पार्ने कुराहरुवाट हामी टाढै रह्यौ भने मात्र हामी मानसिक र शारीरिक रुपले स्वस्थ्य रहन सक्छौं । स्वस्थ्य मन र स्वस्थ्य शरीर भएपछि मानिस स्वतः राम्रो देखिन्छ । त्यस कारण यी कुराहरुमा विशेष ध्यान राख्यौंै भने वास्तविक उमेर भन्दा कम उमेरको देखिन सकिन्छ ।

भिडियो हेर्न तलको बक्समा थिच्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget