प्रेम सम्बन्ध छुटाउन किशोरीलाई ६ वर्ष खोरमा थुनियो

एकजना युवकसँग राखेको प्रेम सम्बन्धका कारण एक युवतीले ६ वर्षसम्म खोरमा थुनिनु परेको छ, त्यो पनि आफ्नै बाउ आमाबाट ।
सुन्दैमा झसँग लाग्ने यो घटना चीनको हो । छोरीले प्रेम सम्बन्ध राखेको केटा आफुहरुलाई मन नपरेको भन्दै उक्त केटासँगको सम्बन्ध छुटाउन बाध्य पार्नका लागि एक निर्दयी दम्पतिले आफ्नै छोरीलाई ६ वर्षसम्म खोरमा थुनेर राखेको रहस्योद्घाटन भएको छ ।
मध्य चीनको हुबेइ प्रान्तस्थित जिनगांग गाउँकी २४ वर्षीया युवती झांग क्विलाई उनका बुवाआमाले खोरमा थुनेर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
आफुले प्रेम सम्बन्ध राखेको केटालाई बाउआमाले अस्विकार गरेपछि धेरैपटक झांग उक्त केटासँग बिहे गर्नका लागि घरबाट भाग्ने प्रयास गरिन् । छोरी भागेर केटासँग जाने आशंका उत्पन्न भएपछि उनका बाउआमाले कोहीपनि मानिस नबस्ने थोत्रो घरको एउटा कोठामा उनलाई थुनेर राखे ।
उनी थुनिएको खण्डहर घरको साथै उनी बस्दै आएको कोठाको दर्दनाक तस्वीरहरु सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चायो ।
ती युवतीका बुवाआमाहरु गाउँका निकै शक्तिशाली मानिसहरु भएका कारण छोरी लामो समयसम्म थुनेको अभियोगमा उनीहरु विरुद्ध उजुरी गर्ने हिम्मत गाउँलेहरुले गरेनन् । एक गाउँलेहरुका अनुसार यस विषयमा कसैलाई पनि नभन्न तथा आन्तरिक मामिलामा हस्तक्षेप नर्गका लागि ती युवतीका बुवाआमाले सबै गाउँलेहरुलाई धम्की दिएका थिए ।
तर स्थानीय ५० वर्षका चो जेन भने धम्कीको परवाह नगरीकन बेलाबेलामा युवती थुनिएको घरमा गएर भेटघाट गर्थे ।
उनैले ती युवती पशुजस्तै खोरमा थुनिएको तस्वीर सार्वजनिक गरिदिएपछि त्यसले सुरक्षा निकायको समेत ध्यान आकषिर्त गर्यो र प्रहरीले उक्त खोरबाट ती युवतीलाई उद्धार गर्यो ।
अहिले उक्त घटनाको बारेमा प्रहरीले छानविन गरिरहेको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget