पाकिस्तानी पूर्वप्रधानमन्त्री भुट्टो हत्याबारे सनसनीपूर्ण खुलासा

February 28, 2015
एजेन्सी । पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भट्टोको हत्याकाण्ड बारे एक सनसनीपूर्ण खुलासा भएको छ ।
उनको हत्यामा एक प्रमुख मदरसा दारुल उलुम हक्कानियाका एक विद्यार्थी सम्लग्न भएको खुलासा भएको हो ।
पाकिस्तानी जाँच एजेन्सी (एफआइए) ले रावलपिण्डीको विशेष अदालतमा यसबारे जानकारी दिएको हो ।
खैवरस्थित पख्तुनख्वाको नौसेरा जिल्लामा रहेको हक्कानिया मदरसाको सञ्चालन ‘तालिवानका पिता’ नामका मौलवी समी–उल हकले गरिरहेका छन् ।


उनी सांसद समेत भएका थिए । सन् २००७ मा पाकिस्तानको रावलपिण्डीमा चुनावी सभामा भाषण गरिरहेको समयमा भुट्टोको हत्या भएको थियो । उक्त घटनामा पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई समेत दोषी ठहर गरिएको थियो ।
अदालतका न्यायधीस परवेज इस्माईलका अनुसार एफआईएका प्रहरी निरीक्षक नसीर अहमद र सहायक निरीक्षक अदनानले अदालतमा दारुल उलुम हक्कानियाका छात्रको सम्लग्नताबारे जानकारी गराएका हुन् । सुरक्षाको कारण देखाउँदै जेलमै गएर घटनाबारे जानकारी लिइएको थियो ।
दारुल उलुम हक्कानियाका शिक्षा निर्देशक विशाल अहमतले आफ्नो बयानमा संदिग्ध आत्मघाती आक्रमणकारी अब्दुल्ला नामका सद्दाम नासिर, कारी इस्माईल, गिरफ्तार आरोपी राशीद तुराबी र फैज मुहम्मदले मदरसामा अध्ययन गरेको भएपनि अहिले उनीहरुसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।
तालिबानका केही शीर्ष नेताहरुले पनि यही मदरसामा पढेको र उनीहरुले आफ्नो नाममा हक्कानिया जोड्ने गर्दथे । हक्कानी नेटवर्कका संस्थापक जलाउद्दीन हक्कानीले समेत यही मदरसामा पढेका थिए ।
मदरसाका प्रमुख समीउल हकले अफगानिस्तानी तालिवानको खुलेरै प्रशंसा गर्ने गरेका छन् । नवाज सरिफले तालिवानसँग वार्ता गर्ने घोषणा गरेपछि उनले पाकिस्तानी तालिवानसँग समेत छलफल गरेका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget