रेखा थापाले आब यस्तो फिल्म बनाउने

नेपालमै पहिलोपटक खेलकूद चलचित्र महोत्सव सुरु
 श्रब्य दृश्य माध्यमको सदुपयोग गर्दै खेलकूद विकासमा सहयोग पुर्‍याउने उद्देश्य बोकेर नेपालमा पहिलोपटक खेलकुद चलचित्र महोत्सव सुरुभएको छ। खेल, खेलाडी र खेलभावनाका विषयवस्तु समेटिएका १० वटा फिल्म प्रदर्शन गर्ने लक्ष्यले सुरुभएको महोत्सवको उद्घाटन शुक्रबार सम्पन्न भयो।

प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा दुइ दिनसम्म चल्ने महोत्सवको उद्घाटन फुटबलर हरि खड्का र नायिका रेखा थापाले संयुक्तरुपमा गरेका थिए। गिनिज बुकमा समेत नाम लेखाउन सफल जुम्लाका प्रसिद्ध धावक हरिबहादुर रोकायमाथि बनेको वृत्तचित्र ‘हरिबहादुर'को प्रदर्शनसँगै महोत्सव सुरुभएको थियो।


बृत्तचित्र प्रदर्शनपछि त्यसका निर्माता जयनारायण शाहले दुर्गममा अभ्यासरत एकजना प्रतिभाशाली धावकलाई सबैले बेवास्ता गरिरहेका बेला आफूहरुले उनको योगदान समेटिनेगरि बृत्तचित्र बनाएको जानकारी दिएका थिए। सगरमाथा आधारशिविरमा हुने ‘एभरेष्ट म्याराथन'मा लगातार तीनपटक जितेर रेकर्ड राखेका रोकायले ओलम्पिकलगायत थुप्रै अन्तर्राष्ट्रिय मैदानमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। आफ्नो नाम गिनिज बुकमा लेखिएको कुरा पनि निकै पछि अरुले भनेर थाहा पाएका उनै ओझेलमा परेका प्रतिभालाई वृत्तचित्रले जुम्ला, मुगुदेखि काठमाडौंहुँदै सगरमाथाको फेदीसम्म पछ्याएको छ।

महोत्सवमा त्यसपछि गिरीश गिरीले बनाएको ‘टिम नेपाल' प्रदर्शन गरिएको थियो। नौ वर्ष पुरानो यो वृत्तचित्र फुटबलमा आधारित छ। पहिलो दिनको कार्यक्रममा दुइवटा विदेशी फिल्मसमेत देखाइएको थियो।

महोत्सवमा आएर वृत्तचित्र हेरेपछि अब खेलकूदमै आधारित चलचित्र बनाउने प्रेरणा आफूलाई मिलेको जानकारी नायिका रेखा थापाले दिइन्। कार्यक्रममा बोल्दै क्रिकेटका प्रशिक्षक पुबुदु दासानायकेले अन्यत्र खेलकूदको विकासमा यो माध्यमको प्रयोग ब्यापक हुँदै आएकामा अब नेपालमा पनि खेलकूद चलचित्र महोत्सव सुरुवात भएकामा खुशी ब्यक्त गरे।

अहिलेसम्म नेपालमा बनेका सबै खेलकूदमा आधारित सिनेमा यसैपाला देखाउन लागेको जानकारी महोत्सवका निर्देशक एवं खेल पत्रकार निरन्जन राजवंशीले दिए। ‘महोत्सवले अब यो विधामा फिल्म बनाउन सबैलाई प्रोत्साहित गर्नेछ भन्ने विश्वास लिएका छौं,' निर्देशक राजवंशीले भने, ‘यस कामका निम्ति वार्षिक दस लाख रुपैयाँ लगानीको घोषणा गर्ने मनोज पाण्डेलाई पनि धन्यवाद दिन चाहन्छु।'

कार्यक्रममा महोत्सव आयोजक दिपक जोशी र सूर्य थपलियालगायतले बोलेका थिए।

महोत्सवको दोश्रो दिन सूर्य थपलियाको ‘वियोण्ड द बाउण्ड्री', भोजराज भाटको ‘सुनाकली' र प्रकाश थापाको ‘वर्ल्डकप इन नेपाल' देखाइनेछ। त्यसैगरि थप तीनवटा विदेशी फिल्मसमेत प्रदर्शन गरिनेछ।

विश्वकै सबैभन्दा ठूलो मानिने र ओलम्पिक कमिटिसँग समेत आवद्धता रहेको इटालीस्थित खेलकूद चलचित्र महोत्सव ‘फिक्ट्स'सँग समाहित रहेर सुरुभएकोले यो महोत्सवलाई खेलकूदमा आधारित विदेशी फिल्महरु भने उतैबाट प्राप्त भएको हो।
: भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget