घामबाट अनुहार जोगाउन क्रिम लगाउने तरिका ?

घामबाट अनुहारलाई जोगाउन क्रिम लगाउने भन्न सजिलो छ तर यो अप्ठेरो कुरा हो । घामबाट जोगाउने क्रिमहरूमा एसियन स्किनको लागि साधारणतया १५–३० नम्बरका क्रिमहरू पाइन्छन् । धेरै गोरो छाला छ भने, ४०–५० नम्बरको र धेरै कालो छालाको लागि १५ वा ८ नम्बरको क्रिम प्रयोग गर्नुपर्छ ।
साथै चिल्लो छाला भएकाहरूले चिल्लो नभएको सन ब्लकको प्रयोग गर्नुपर्छ र यदि सुख्खा छाला छ भने चिल्लो भएको सन ब्लक प्रयोग गर्नुपर्छ । तर पनि यस प्रकारका क्रिम लगाउने तरिका मुख्य कुरा हो । बाहिर ननिस्किएपनि वा घाम नै नलागेको दिन भए पनि बिहान सन ब्लक क्रिम लगाउन जरुरी छ जुन ४–५ घण्टाको लागि काम गर्छ । यदि बाहिर जानु प¥यो वा घाममा हिँड्नु प¥यो भने त्यसमा अरु ५ एमएल लगाउनु पर्छ । विधि पु¥याएर सन ब्लक लगाउन सकिएन भने घामबाट बच्न सकिँदैन र फेरि चाँया आउछ । कुनै पनि संसारको औषधिले चाँया आउने रोक्न सक्दैन तर भएको चाँया हटाउन सक्छ यदि घामबाट अनुहारलाई जोगाउने क्रिम लगाउन सकेमा । – डा.अनिलकुमार झा 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget