समलिंगी पुरुषमा महामारिकै रुपमा एड्स फैलियो

जेनेभा - विश्व स्वास्थ्य संगठनले समलिंगी पुरुषमा पनि एचआईभी एड्सको सङ्क्रमण निकै महामारीका रुपमा फैलिएको पाइएको जनाएको छ ।
पुरुषबाट पुरुषमा हुने यौन सम्पर्कका कारण समलिंगी पुरुषमा पनि एचआईभी एड्सको सङ्क्रमण फैलिएको पाइएको मात्र नभई यसको सङ्क्रमण महामारिकै रुपमा फैलिएको सो संस्थाले जनाएको छ ।
संगठनले यस्ता पुरुषलाई नियन्त्रणात्मक उपाय अबलम्बन गर्न तथा एन्टिरेक्टोभाइरल औषधिको सेवन गर्न विश्वव्यापी रुपमा आग्रह गरेको छ । हामीले समलिंगी पुरुषमा एचआईभी एड्सको फैलनबाट निकै नै दु्रत रुपमा विस्तारित भएको देखेका छौं र यसले आगामी दिनमा भयावह रुप लिने भएकाले समयमै यसको नियन्त्रणका विधिहरु अपनाउन आग्रह गर्दछौँ– विश्व स्वास्थ्य संगठनको एचाआईभी विभागका प्रमुख गटफ्रिड हर्नस्कलले भने ।
विश्वमा सन् १९८० को दशकदेखि सुरु भएको एचअईभी एड्सको सङ्क्रमण हालैका वर्षहरुमा पुरुष समलिंगीमा पनि व्यापक रुपमा देखिन थालेको बताइएको थियो । तर पछिल्लो समयमा भने पुरुषबाट पुरुषमा यो संक्रमणको दर बढ्दो रुपमा देखिएको छ– विश्व स्वास्थ्य संगठनद्वारा गरिएको अध्ययनमा देखाइएको छ ।
जेनेभामा सम्बाददाताहरुसँग उनले भने– पछिल्लो समयमा पुरुष समलिंगीहरुको यौन सम्पर्कका कारण नै यो सङ्क्रमणको प्रकोप बढिरहेको पाइएको छ । उनले बैंककको उदाहरण दिँदै अन्यको तुलनामा पुरुषबाट पुरुषमा सर्ने एड्सको सङ्क्रमण बढी मात्रामा पाइएको बताए ।
विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत एक तथ्याङ्कअनुसार बैंककमा पुरुषबाट पुरुषमा सर्ने यो सङ्क्रमणका पुरुषको सङ्ख्या ५.७ प्रतिशत रहेको छ । जबकी त्यहाँ एड्सको सङ्क्रमणमा रहेका नागरिक पूरै जनसङ्ख्याको एक प्रतिशत भन्दा पनि तल रहेको छ ।
जेनेभामा सार्वजनिक गरिएको एक प्रतिवेदनमा विश्वमा एचआईभी एड्सको सङ्क्रमण दर बढ्दो मात्रामा रहेको र त्यसमा पनि पछिल्लो समयमा पुरुष समलिंगीमा बढी देखिएकोले एन्टिरेक्टो भाइरल औषधि सेवन गर्न अपिल गरेको छ ।
यो कुनै एक देश वा स्थानमा नभएर विश्वभर नै अत्यन्तै विस्फोटक रुपमा बढिरहेको भन्दै सो संगठनले यस औषधि सेवन गर्न विश्वका नागरिकलाई नै अपिल गरेको हो । साथै विश्व स्वास्थ्य संगठनले पुरुषले पुरुषसँग यौन सम्पर्क गर्दा एड्सको सङ्क्रमण हँुदैन भन्ने मान्यतामा विश्वका कतिपय देश रहेकोले त्यो गलत भएको पनि बताएको छ ।
पुरुष समलिंगीमा यसको प्रकोप झनै बढी देखिएकोले उनीहरुलाई उक्त औषधि सेवनका अतिरिक्त कण्डम लगाएर यौन सम्पर्क गर्न पनि सुझाइएको छ । शुक्रबार प्रकाशित सो प्रतिवेदनमा कण्डम लगाएर यौन सम्पर्क गरेमा यो सङ्क्रमणबाट धेरै हदसम्म बच्न सकिने पनि सो संगठनले जनाएको छ । एएफपी

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget