महेश बस्नेत गुण्डा मात्र होइनन्, गुण्डाका नाइके हुन्

पछिल्लो समय युवा संघमा देखिएको विवादको मुख्य कारण के हो ?
युवा संघमा अहिले देखिएको मुख्य विवादको विषय मूल्य र मान्यताका हुन् । विधान मिच्ने काम भएको छ । संगठनभित्र आर्थिक अपारदर्शिता चुलिएको छ । र टीका लगाएर नेता बनाउने प्रथा हाबी भएको छ । यी नै विषयमा हामीले आवाज उठाएका हौं ।
जतिबेला नेतृत्व फेर्ने बेला आउँछ, त्यसबेला मात्र मूल्य मान्यताको कुरा उठ्छ, अघिपछि चुप लाग्नुहुन्छ, यसको कारण के हो ?
मैले झोलाभित्र डकुमेन्ट नै बोकेर हिंडेको छु । त्यो तपाइँ पनि हेर्न सक्नुहुन्छ । यो कुरा हामीले अहिले मात्र उठाएका होइनौं । युवा संघको आठौं महाधिवेशनभन्दा पहिला पनि हामीले आवाज उठाएका थियौं । युवा संघलाई अझ बढी शसक्त बनाउनपहिले देखि नै धेरै कुरा उठाउँदै आएका छौं । तर आठौं महाधिवेशनपछि धेरै बहस र छलफलहरु हुन सकेनन् । निर्वतमान अध्यक्ष महेश बस्नेत ‘माक्र्सवाद पढेर राजनीति हुँदैन’ भन्ने मानसिकताले ग्रस्त हुुनुहुन्छ । त्यसकारण, विषयवस्तुलाई उहाँले जहिल्यै लत्याउँदै जानुभयो । पार्टीको बुटवल महाधिवेशपछि जब हामी पहिलो बैठक बल्खुमा बसिरहेका थियौं, त्यतिखेर पनि साथीहरुले ‘नोट डिसेन्ट’ लेख्नुभएको छ ।


त्यतिबेला १८ जना साथीहरुले नोट अफ डिसेन्ट लेख्नुभएको हो ।
कार्यविभाजनका कतिपय कुराहरु बैठकमा नै आउने गर्छन् । महत्वपूर्ण कुरा त बैठकमा उठाउनुप¥यो नि । बाहिर कराएर त केही हुनेवाला छैन । पहिलो बैठकमा नोट अफ डिसेन्ट लेख्नाको कारणचाहि त्यसमा कार्यविभाजनको प्रश्न उठेको हो । साथीहरुको हिजोको इतिहास र क्षमता लगायतका कुराहरु हेरेर कार्यविभाजन गर्नुपथ्र्यो, त्यतिबेला पनि कुटेर र पेलेर कार्यविभाजन गरियो । कुटेरै कार्यविभाजन गरिएको हुनाले त्यसबेला पनि साथीहरुले असहमति प्रकट गरेका हुन् । पार्टीको युवा फाँट हेर्ने इन्चार्जसँग पनि सल्लाह नलिइकन त्यस्तो क्रियाकलाप गरेपछि सहमतिबाट जादैन कि भन्ने आशंकाहरु बाहिर पैदा भएको थियो । दोश्रो बैठकमा पनि धेरै विवाद भयो । विराटनगरको कोटगाउँमा भएको दोश्रो बैठकले गरेको निर्णय पार्टीले नै कार्यदल बनाएर खारेज गर्नुप¥यो ।
तपाइले भनेजस्तो अहिलेमात्र विवाद होइन, त्यसबेलादेखि नै विवाद हुँदै आइरहेको थियो । त्यतिबेला पनि पद्धतिको कुरा उठेको हो । २७ जना मान्छेहरुलाई स्थायी कमिटीको सदस्य बनाएर महेश बस्नेतले लिएर आए र आफ्नै कार्यदल बनाएर पार्टीको युवा इन्चार्ज, महेश बस्नेत र झपट रावलको कार्यदल बनाएर, सोही कार्यदलले खारेज गरिदियो । आफूले गरेको निर्णय आफै खारेज गर्ने ठाउँमा झपट थिए । तेश्रो बैठकमा पनि विधानमै नभएको व्यवस्थालाई कायम गर्दै लगियो । लगभग १३५ जनाको केन्द्रीय कमिटीलाई १८३ जनाको बनायौं ।
त्यतिबेला पनि भागबन्डा गर्नुभयो होला नि, तपाईहरुको भागमा पनि केही प¥योहोला अनि मान्नुभयो होला नि त ?
मान्ने भन्ने भन्दा पनि युवा संघमा कतिसम्म गर्न सकिन्छ मिलाएर जाने भन्नेमा कोसिस गरेका हौं । तर संगठनभित्र सहमति एउटा हुन्छ, सर्कुलर अर्को हुने समस्या छ । जिल्लैपिच्छे फरक फरक सर्कुलर हुने भएपछि त कुरा उठाउनुप¥यो नि । फेरि अस्ति महेश बस्नेत मन्त्री भइसकेपछि उहाँले आफू मन्त्री मान्छे धेरै व्यस्त भएको भन्दै हावाको भरमा निर्णय सुनाएर हिंडियो । त्यो सर्कुलर पनि हाम्रो हातमा छैन । २१ गतेको स्थायी कमिटि बैठकबारे हामीलाई त थाहा दिनुपथ्र्यो नि । त्यो पनि भएन । जब बैठक बस्यो, त्यसपछि तत्कालीन अध्यक्ष महेश बस्नेतले भने, आज युवा संघको इतिहासमै सबैभन्दा महत्वको दिन हो, म आज संगठनबाट राजनीनामा दिदै छु, यसले आजदेखि धेरै नयाँ नेता पाउँदैछ र नयाँ मोडबाट युवा संघ गुज्रिने कुरा गर्नुभयो । हामीले त्यहीबेला तत्काल कसले राजीनामा दिने र को नयाँ नेता आउने हो ? भन्ने प्रश्न ग¥यौं । उहाँले यो सवालमा पछि नै थाहा पाउनुहुन्छ भन्नुभयो । पछि निर्णय गर्नेबेला उहाँ आफूले राजीनामा दिएको घोषणा गर्नुभयो । आफू आफु सरकारको नेतृत्वमा गएको र आफू निकटकै मान्छेलाई युवा संघको नेतृत्व दिएको घोषणा गरेर खादा लाइदिने काम गर्नुभयो । यसरी नेतृत्व हस्तान्तरण गर्न पाइन्छ त ? हामीले किन मान्ने ? हामी पनि त महाधिवेशनप्रति उत्तरदायी छौं नि त । मैले पनि महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई स्वीकार्छु भनेको छु । अनि मैले त्यहाँ टिका लगाउन जाने त ? मैले अस्वीकार गरें । त्यस्तै उपाध्यक्ष झपट रावलले राजनीनामा दिनुभएको छ । रावलले तीन पेजको राजनीनामा रुँदै पढ्नुभएको थियो ।
राजीनामा विधिवत रुपमा अध्यक्षलाई दिँदा नदिँदै बस्नेत अध्यक्षमा विधिवत रुपमा उहाँलाई दिने भन्नुभयो । उता, उपाध्यक्षको दुइवटा पदमा एकजना कोषाध्यक्षलाई त्यहाँ ल्याउने र दलित कोटाबाट जितेको सचिवलाई झपट रावलको सिफारिसमा उपाध्यक्ष बनाएको छु भनेर नियुक्ति गर्नुभयो । अर्को कुरा कोषाध्यक्ष उपाध्यक्ष भएर रिक्त पदमा चाहिं केन्द्रीय सदस्यलाई त्यहाँ नियुक्ति गरेको कुरा गर्नुभयो । सचिव सरोज दिलु उपाध्यक्षमा बढुवा भएकाले त्यो ठाउँमा बच्चन सिंहलाई नियुक्ति गरेको कुरा सुनाउनुभयो, जो युवा संघको सदस्य पनि होइन । दलित कोटाबाट सचिव हुनुभएकी दिलुको ठाउँमा गैरदलितलाई सचिव बनाउने काम भयो । हाम्रो विधानले प्रस्ट के भनेको छ भने समावेशीको आधारमा कुनै पनि पदको निक्र्यौल गरिनेछ । सोही आधारमा दलितलाई ल्याइएको थियो, त्यही ठाउँमा उहाँले गैरदलितलाई ल्याउनुभयो ।
इयो । अर्को कुरा हाम्रो विधानले के भन्छ भने पदेन हुने, आन्तारिक बढुवा घटुवा हुने र आफैंले आफ्नो राजीनामा स्वीकृत गर्ने र आफैंले खादा लगाइदिएर तिमि आजदेखि फलानो पदमा भयौं भन्ने प्रथा युवा संघमा हिजो थिएन, आज पनि छैन र भोलि पनि हुने छैन । जुन प्रवृति अहिले युवा संघमा शुरु भएको छ, त्यसले विधानको खिल्ली त उडायो नै त्यतिमात्र होइन, नेकपा एमालेलाई नै मानिसहरुले प्रश्न गर्ने ठाउँमा पु¥याएको छ ।
यो निर्णय त बहुमतले ग¥यो, तपाईहरु अल्पमतमा हुनुहुन्छ तर बहिर चाहिं चर्को कुरा गर्दै हिड्नुहुन्छ भन्ने आरोप लाग्ने गरेको छ नि ?
बहुमत कहाँ थियो ? यो प्रश्न तपाइँलाई पनि मैले सोधें । जबकी आफैंले राजनीनमा स्वीकृत गर्ने र आफंैले मत जाहेर गर्ने अधिकार थियो कि थिएन ? राजीनामा दिएका मान्छेले त्यहाँ मत राख्ने अधिकार हुन्थ्यो कि हुँदैनथ्यो ? राजनीमा दिएको मान्छे त दिए अतिथि भएर बस्ने हो, नभए बाहिर जाने हो नि । त्यहीं आएर मेरो बहुमत थियो भनेर भन्ने अधिकार कसले दियो ? म अहिले पनि महेश बस्नेतलाई भन्दैछु, राजीनामा दिएको मान्छेको मत कसरी गन्न सकिन्छ ? झपट रावलले राजनीनामा दिनुभएको छ, उहाँको मत कसरी गन्न सकिन्छ ? त्यसकारण, उहाँहरुले यस्ता कुरा गर्नुको कुनै तुक छैन । मूल्य, मान्यता र विधानलाई रक्षा गर्दा र सत्य कुरा बोल्न म एक्लै तयार छु तर म अहिले एक्लै पनि छैन । हामीसँग ठूलो जमात पछाडि छ । महाधिवेशनले हामीलाई के भनेको छ भने विधान, मूल्य र मान्यताको रक्षा गर्न तयार होऔं । पद्धतिलाई बोकेर जाऊ । हामीलाई यो पनि थाहा छ कि अहिले मुलुकमा लोकतन्त्र छ, कसैको हुकुममा कोही चल्न सक्दैन ।
विधानले त समानान्तर बैठक गर्ने भनेर भनेको त छैन होला नि, बाहिर त समानान्तर बैठक गर्दै हिड्नुभएको छ, त्यसैले तपाईलाई संगठनले कार्बाही गर्ने पनि भनिरहेको सुनिन्छ्, अब के गनुहुन्छ ?
कारबाही गरेर देखाउन् न । आफू संस्थापन हुँ भनेर हवला दिनेहरुले विधानको रक्षा गर्नुपर्छ कि पर्दैन, पद्धतिको रक्षा गर्नुपर्छ कि पर्दैन ? नेकपा एमालेको मुल्य र मान्यतालाई बोक्नुपर्छ कि पर्दैन ? बहुमतमा छौं भने उहाँहरुले जे पनि गर्न पाउनुहुन्छ ? हामीले कुन कारणले कार्बाही भोग्ने हो, त्यो गरेर देखाए हुन्छ । बलियाले निर्बललाई मार्नुपर्छ भन्ने छ र ? हाम्रो आफ्नै पसिनाले २०६२–६३ को जनआन्दोलनले यो देशमा गणतन्त्र आइसकेको छ । आफ्नो मत जाहेर गर्ने कुरा त नेपालको संविधानले नै जारी गरिसकेको अवस्था छ ।
तपाईहरुको पार्टीमा अहिले विवाद चर्किरहेको अवस्था छ, माथि केपी र माधव नेपालबीच कुरा मिल्यो भने तल सबै कुरा मिल्न सक्छ भन्ने छ नि ?
हामीलाई माधव कमरेडले पनि युवा संघ बिगार भनेर भन्नुभएको छैन । हाम्रो आन्दोलनको स्प्रीटबाट हाम्रो एकजना युवा कमरेड सचिव हुनुभएको छ । उहाँलाई हामीले निम्ता गरेका थियौं ।
सचिव पार्टीमा त प्रदिप ज्ञवाली पनि हुनुहुन्थ्यो नि किन आफ्नो पक्षको बैठकमा योगेश भट्टराईलाई बोलाउनुभयो त ?
हामीले त केपी कमरेडलाई नै बोलाउने भनेका थियौं । पार्टीको श्रद्धेय कमेरड अध्यक्ष केपी ओली हुनुहुन्छ, उहाँले मिलाउनुभयो भने मिल्न सक्छ, उहाँहरुले आफुलाई संस्थापन भन्नुहुन्छ, अहिले बहुमतले चुनिएको नेता पनि आफुलाई भन्नुहुन्छ, उहाँले चाह्यो भने त मिल्न सक्ला नि त । उहाँहरुले मिलाउन र देखाउन सक्नुप¥यो नि त अब एमालेमा गुट छैन भनेर । बोलेर मात्र हुँदैन, बोल्ने हो भने गरेर पनि देखाउनुप¥यो । बोलीमा त हाम्रो पार्टीमा केही छैन भन्ने व्यवहारमा त देखिइहालियो नि युवा संघमा के भयो ? आफ्नो मान्छेलाई टिका लगाउनु लोकतन्त्र हो र ? टिका लगाउनु, पद्धति मिच्नु, विधानलाई पोतो बनाउ भनेर पनि हिजो हामीलाई एमालेले सिकाएको होइन । नेकपा एमालेको बहुदलीय जनवादलाई शिरोपर गर्दै विद्यान र पद्धति र प्रतिस्पर्धालाई मानेर अगाडि बढ भनेर एमालेले हामीलाई सिकाएको छ । प्रतिस्पर्धाकै कुरा गर्ने हो भने किन ६ गतेको बैठकमा लैजान नसकेको ? किन गुटको बैठक बोलाएर किन अनूमोदन गर्नुपरेको हो ? यदि पार्टीलाई प्रभाव पर्छ भने उसले रोक्नुप¥यो नि । म अर्को कुरा के भन्छु भने बहुमतले नै हुने हो भने त संविधानसभामा अहिले हाम्रो बहुमत छ नि, हामी दुईतिहाई बहुमत भनिरहेका छौं, तर संविधान जारी गर्न त सकिरहेका छैनौ नि । समय किन टर्दै गइरहेको छ् ? देशले किन दुःख पाइरहेको छ ? देखाउने ले त त्यहाँ देखाउनुप¥यो नि त ? देखाउने ठाउँमा चाहि देखाउन नसक्ने, तर आन्तारिक रुपमाचाहि लिडुको लगाएर कुर्लिन खोज्ने ?
तपाईहरु योजनावद्ध रुपमा विवाद चर्काउन लागिरहनुभएको छ भन्ने सुनिन्छ, विद्यार्थी संगठनमा पनि समानान्तर बैठकहरु बस्ने भन्ने सुनिन्छ, यो के हो ?
मेरो विचारमा जहाँ अन्याय हुन्छ, त्यहाँ बोल्न पछि पर्नुहुँदैन । विद्यार्थी संगठनभित्र पनि अन्याय रहेको छ भने बोल्नुस्, हामी सहयोग गर्न तयार छौं ।
तपाईहरुलाई अन्याय परेकोचाहि खास केमा हो ?
मैले अगाडि नै धेरै कुरा भनिसकें । टिका लगाएर नेता बनाउने, तलबाट एकठाउँमा नेता बनाएको छ, अर्को ठाउँमा र महिनै पिच्छे नेता बनाउने कामहरु भएका छन् । कुनैपनि संगठनमा महिनैपिच्छे नेता फेरिने नियम कहाँ छ ?
त्यो त विशेष परिस्थितिले होला नि त ? अध्यक्षले राजीनामा दिइसकेपछि त्यो परिस्थिति आएको भन्न मिल्दैन र ?
कुन परिस्थितिको कुरा आउँछ ? सचिवलाई उपाध्यक्ष नबनाएको कारण, कोषध्यक्षलाई उपाध्यक्ष नबनाएको कारणले के आकाश खसेको थियो र ? के कोषाध्यक्षले काम गर्न नसकेको हो र ? सचिवले काम गर्न नसकेर अर्को ल्याएर राखेको हो र ? आफुले जेपनि गर्ने अनि पार्टीभित्र गुट भयो भन्दै हिडेर हुन्छ त । आफ्नो दोषको आफुले जवाफ दिन नसकेपछि पार्टीलाई दोष दिने ? दोष दिने कुराले महत्व राख्दैन, यी सबै हावा कुरा हुन् ? त्यसकारण, यस्ता कुरा गरेर दुनियाँलाई ढाट्ने काम नगर्न उहाँहरुलाई म आग्रह गर्छु । हज्जारौ तर्कलाई एउटा तथ्यले पुष्टि गर्छ नि । तपाईहरुले पनि देखिरहनुभएको छ नि, युवा संघका सदस्यहरु थिएनन्, सचिव हुने ? केन्द्रीय कमिटीले त्यो निर्णय गर्न सक्दैनथ्यो र ? खोजेर खेताला हालेर युवा संघ चलाउनुपर्छ र ? युवा संघलाई खेतालाहरु चहिएको छैन । युवा संघमा कर्मठ कार्यकर्ताहरु त तल छन् नि । हामीसँग सल्लाह गरेको भए, सबैको सहमतिमा गर्न सकन्थ्यिो नि । हामीले भनेको नमानिकन उहाँहरुले जस्केलाबाट किन नेता बनाउने काम गर्नुभयो ? हाम्रो प्रश्न यहाँनिर हो । यो युवा संघको विधान कसैको नीजि घरको विधान हो र ? यो कसैको कम्पनी वा उद्योग हो र ? अहिले त खेतमा लगाइएका खेतालाले पनि नियम खोज्ने गरेका छन् । यो त नेकपा एमालेबाट मुल्य र मान्यताको राजनीति गरेर आएका नेता र कार्यकर्ताले चलाउने संगठन हो नि ।
तपाइले मुल्य र मान्यताका कुरा गर्नुभयो, हिजो वाइसिएललाई तह लगाउनका लागि बजारका गुन्डाहरु खोजेर युथ फोर्स निर्माण गरियो, अहिले युथ फोर्सलाई युवा संघमा गाबिएपछि युवा संघ पनि पूरै गुन्डाहरुको भयो भन्ने छ, तपाइले पनि त्यस्तै कुरा गर्दै हिड्नुभएको छ पछिल्लोपटक, के संगठन त्यस्तै भएको हो ?
युवा संघले कसैलाई पनि खोजी–खोजी ल्याएको छैन । युथफोर्स त्यतिखेर समयको माग थियो । युथ फोर्स महेश बस्नेत र दिलु पन्तको मात्र थिएन । त्यतिखेर युथफोर्स बनाउने भूमिका दिलु पन्तको पनि छ । दिलु पन्त त्यतिबेलाको आन्दोलनको पनि योद्धा हो । त्यसबेला युथ फोर्सको एउटा लिडर मात्र हो, महेश बस्नेत भनेको, त्यसको पछाडिको फोर्स त हामी नै हौ । महेश बस्नेत अहिले इतिहासका सबै श्रेय आफैले लिने कोशिस गरिरहेका छन् । हामीले पनि त्यसबेला देखि नै संगठनकै काम गर्दै आएका हौं । दोश्रो कुरा, जतिबेला युथफोर्समा साथीहरुले दुःख गर्नुभयो, ती साथीहरु अहिले युथफोर्समा छैनन् । अहिले त बस्नेतजीका भजनमण्डलीहरु मात्र रहेका छन् । युथफोर्सको सबै कुराको जस लिने अधिकार महेश बस्नेतलाई छैन ।
तपाईले आफुलाई स्थापित गर्न सक्नुभएन, उहाँले त गर्न सक्नुभयो नि  ?
–हैन, संगठनमा जिम्मेवारी आ–आफ्नै खालका हुन्छन्, त्यसबेला युवा संघका अध्यक्ष अजम्बर कङ्दङवा राई हुनुहुन्थ्यो, सबैले युथफोर्सको प्रभावमा काम गर्ने भन्ने थियो । तरअहिले जस जति महेश बस्नेतले लिन खोजिरहेका छन्, त्यो हामी हुन दिन्नौ । तपाईहरुको यो अनलाइनबाट पनि म भन्न चाहान्छु, सबै जस बस्नेतले मात्र लिन पाउँदैनन् । म महेश बस्नेतलाई चूनौती दिन चाहान्छु, तिम्रो प्रवृत्तिको अन्त हुने दिन पनि यहीबाट शुरु भएको छ । जहिले पनि मैले भनेको चल्छ भन्ने दिन गए । राजीनामा दिइसकेका छौ, चुप लागेर आफ्नो काम गर,यस्ता खालका अराजक काम गर्न बन्द गर ।
युथ फोर्स त यो नियमभन्दा बाहिर रहेर चल्ने भनेर निर्माण गरिएको भन्ने थियो नि त ?
जुन युथ फोर्सको गठन भएको अवस्था थियो, त्यो बेला युवा संघ भित्र १२ वटा विभाग रहेका थिए । २०४७ सालमा जब युवा संघको स्थापना भयो, त्यसबेलादेखि नै विभाग बनाउने भन्ने थियो । एउटा विभागको नाम युवा शक्ति विभाग भन्ने थियो, त्यसलाई अंग्रेजीमा रुपान्तरण गरे युथ फोर्समात्र भनिएको हो । त्यसलाई केही समय चलाएर त्यसको उपादेयिता सिद्धिएपछि त्यसको विघटन भएको हो । त्यसबेला जसरी महेश बस्नेत आफ्नो जिम्मेवारीमा थिए हामी पनि थियौं । अब अहिले पनि जनतालाई हँसाउने र धम्क्याउने काम महेश बस्नेतले छोड्दिए हुन्छ ।
अहिले महेश बस्नेतले बनाएको अध्यक्षको ठाउँमा तपाईलाई लिएर जाने हो भने सबै कुराको समाधान हुन्छ भन्ने पनि छ, त्यहाँ समावेशी र नियमका कुरा पनि आउदैन भन्ने छ नि ?
 किन आउदैन ? बैठकमा हामीले सम्पूर्ण नीति, नियम र प्रक्रियाका कुरा उठाइरहेका छौ । के युवा संघमा बढुवा गर्ने अधिकार छ ? के संघ लोकसेवा आयोग हो र ?
तपाईलाई आफु घटुवा भएजस्तो लागेको हो ?
मेरो सवाल होइन, सचिव उपाध्यक्ष हुने, कोषध्यक्ष सचिव हुने यसलाई भनेको हो । उता,अखिलमा लडेका साथीहरुलाई ल्याउने भन्ने कुराहरु त प्रक्रियाका कुराहरु भए नि त । कसलाई नेता बनाउने भन्दा पनि त्यसका लागि गरिएको प्रक्रिया नै गलत थियो ।
तपाईहरुको पार्टीले एउटै मान्छे दुइटा पदमा नबस्ने भनेपछि बस्नेतले राजीनामा दिनुभयो, उहाँ अध्यक्षमा नरहेपछि त अर्कोलाई अध्यक्ष बनाइदिनुभयो, यो प्रक्रिया होइन र ?
निरु पालभन्दा त हामी सिनियर हो नि त । पाल वैकल्पिक केन्द्रीय सदस्य हो । वैकल्पिक केन्द्रीय सदस्यलाई संगठनको विधानलाई सिनियर बनाउनुपर्छ भनेर कही पनि लेखेको छैन । पार्टीले दिएको जिम्मेवारी के हो, उहाँले निर्णय गरेर आउनुप¥यो नि त । त्यसो हो भने निरु पाललाई किन दुईटा जिम्मेवारी दिने त । महेश बस्नेतचाहि दाहोरो पद भनेर छोड्ने, कसैलाई त दुइटा जिम्मेवारी किन ? पालको सवालमा कुरा मिलेको छैन । निरुलाई वैकल्पिक केन्द्रीय सदस्य भएकै कारण युवा संघको जिम्मेवारी दिने हो भने त सबैलाई दिनुप¥यो नि ।
कम्युनिष्ट पार्टीको आन्तारिक जनवाद भनेको नै त्यही होइन र ?
म त चुनाव लडेर महाधिवेशनबाटै चुनिएर आएकोले त्यही बुझेकी छु । मलाई उपाध्यक्षको जिम्मेवारी दिइएको हो, त्यही अनुसार जान तयार हो । सबै संगठनमा पार्टीले तोकेको मानिस अध्यक्ष हुनेछ भनेर तोकियास, त्यो निर्णय मान्न तयार छु ।
3तपाईहरु अब के गर्नुहुन्छ त ?
युवा संघ अप्ठ्यारोमा प¥यो । युवा संघको महाधिवेशन गर्ने समय त अझै एक वर्ष बाँकी छ । त्योभन्दा अघि एउटा महाधिवेशन जस्तै नै भैसकेको छ । युवा संघमा यस्ता थुप्रै विषय उठान हुनुपर्ने छन् । तर सही ढंगले राजनीतिक परिपाटीलाई डो¥याउने काम भएन । एमालेको लेनिनवादी संगठनात्मक पद्धति अनुसार काम भएन । मैले दावी गर्दा पनि पद्धतिमा गएर गर्नुपर्छ । हाम्रो बहुमत छ, भनेर थर्काउँदा कोही थर्किदैन ।
भनेपछि तपाईहरु अब समानान्तर कमिटी बनाएर जानुहुन्छ ?
हो, हामीले पनि राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेका छौं । हामीले पनि देशव्यापी रुपमा अभियान चलाउने तयारीमा छौ । यो दिलु पन्तलाई माया गर्न गरिएको होइन, संगठन डुब्न लाग्यो भनेर हामीले यो कदम चालेका हौं । नेकपा एमालेको दर्शनमा आधारित रहेर संगठन चलाउनुप¥यो नि ।
अहिलेसम्म दर्शन बिनै ससंगठन चलेको रहेछ हैन ?
हो, त्यस्तै रहेछ । उहाँहरुले लेनिनवादी संगठनात्मक सिद्धान्त त बिर्सिसकेका रहेछन् ।
तपाईको पार्टी नै त्यो दिशातिर गएको भन्न मिल्दैन र ?
–गइसकेको छैन, जाने खतरामा छ । भोली केपी कमरेडलाई पनि ल आजदेखि तपाई अध्यक्ष होइन भनेर कसैले भन्यो भने के भन्ने ? बाटोबाट कसैले हटाइदियौं भनेर कसैले भन्यो भने मान्ने कि नमान्ने ?
तपाईले सञ्चारमाध्यामहरुमा महेश बस्नेतलाई गुन्डासमेत भन्नुभएको छ, एउटा गुन्डा अध्यक्ष भएको संगठनमा तपाई यत्रो समय उपाध्यक्ष भएर कसरी बस्नुभयो ?
–सचेत गराउने काम भएको छ । गुन्डा हुनु र सञ्चालन गर्ने काम फरक–फरक विषय हुन् । हामी नेतृत्वमा बस्ने मानिसहरुले त सोच्नुप¥यो नि त । छिटो प्रतिक्रिया दिनसक्ने युवा शक्तिको नेतृत्व गर्ने हामीहरुले निकै गम्भीरतापूर्वक यसको नेतृत्व गर्न तयार हुनुपर्छ । उत्तेजित कुरा गरेर आम युवाहरुलाई गुण्डा बनाउनु हुँदैन । मैले महेश बस्नेतलाई डन भनेको होइन, महेश बस्नेतले अरुको जिन्दगी बर्बाद गर्ने कुरा नसिकाउनुस् भनेको हो । राजनीति गर्ने मानिसले त अरुको जिन्दगीको बारेमा पनि सोच्नुपर्छ । युवा संघमा रहने नेतृत्वले त मुल्य,मान्यता र संस्कारका कुरा गर्नुपर्छ । युवा संघमा सोझा र इमान्दार युवा पंक्तिलाई मिलाएर लैजानुपर्छ । भजन मण्डलीलाई वरिपरि लगाएर राजनीति हुन सक्दैन । कुनै व्यक्तिको सेवा गरेर नेता बन्छु भन्ने सपना देख्नुहुँदैन, सायद महेश बस्नेतले देख्नुभएको होला, मैलेचाहि देखेको छैन ।
काठमाडौँ टुडे बाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget