रूसले नेपाललाई भन्यो : ५७ वर्षअघि दिएको ११ लाख ६० हजार डलर ऋण तिर

काठमाडौ, १४ फागुन(ओएनएस) : सोभियत संघ रूसले नेपाल सरकारसँग आफूले दिएको ११ लाख ६० हजार डलर ऋण तिर्न आग्रह गरेको छ । रूसले यसरी किन यति सानो रकम माग्यो भन्नेबारे केही खुलाएको छैन् । नेपाललाई ५७ वर्षअघि दिएको ऋण माग्नुलाई निकै अनौठो मानिएको छ ।
तर, रूसको अहिले आर्थिक अवस्था निकै खस्किएको कारण उक्त ऋण फिर्ता मागेको अनुमान गरिएको छ । रूसको आर्थिक अवस्था निकै खस्किएपछि उसले पहिला अन्य देशहरूलाई दिइएका ऋण रकमहरू मागेर देश चलाइरहेको बिजनेस इनसाइडर डट कमले जनाएको छ ।
नेपाल र रूसबीच सम्बन्धको सुरूवात सन् १९५६ भएको थियो । नेपालको रूससँग सम्बन्धको सुरूवात भएको तीन वर्ष अघि नै अमेरिकाले नेपालमा दुतावास खोलेको थियो ।
सन् १९५८ जुनमा राजा महेन्द्र शाहले स्विकार गरेर लिइएको उक्त ऋण अहिलेका बित्तीय मन्त्रीले तिर्न आग्रह गरेका हुन् ।
रूसले किन यसरी ऋण फिर्ता माग्यो भन्नेमा अझै पनि प्रष्ट थाहा भएको छैन् । रूस नेपालभन्दा निकै धनी छ । सन् २०१३ का अनुसार रूसको प्रतिव्यक्ति आय १४ हजार ६ सय डलर थियो भने नेपालको मात्र करिब ७ सय डलर थियो ।
रूसले आफ्ना ऋणीहरूसँग यसरी पैसा माग्नुलाई रूसको आर्थिक अवस्था निकै कमजोर भएको र ऋणीहरूबाट ऋण चुक्ता गर्न माग गर्दै देशको अर्थतन्त्र चलाउन थालेको हुन सक्ने अनुमान गरिएको छ । रूसको आर्थिक संकट पेट्रिलियम पदार्थको मूल्यमा आएको ह्रासका कारण हुन सक्ने बताइएको छ । पछिल्लो समय निकै कम भएको पेट्रिलियम पदार्थको मूल्यका कारण रूस एकाएक आर्थिक संकटमा फसेको बताइएको छ ।
यो महिनाको सुरूवातमा पनि रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ऋण चुक्ता गर्न आग्रह गर्दै रूसलाई आफ्नो आर्थिक संकट टार्नका लागि पैसाको आवश्यकता रहेको बताएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget