महाऔषधी अदुवाका फाइदा

आयुर्बेदिक चिकित्सा पद्धतिमा अदुवालाई महाऔषधीको नाम दिइएको छ । फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरु नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । अठारौं शताब्दीतिर युरोपमा अदुवाले यौनशक्ति बढाउछ भनेर विश्वास गरिन्थ्यो ।
यसको प्रयोगले गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने र तागत दिने हुनाले यसमा यौनशक्ति बढाउने क्षमता पनि रहेको हुन्छ भन्ने ठानिन्छ । अदुवामा पनि एक प्रकारको गन्धरहित तेल हुन्छ । त्यसैले अदुवा चपाएर राख्दा पनि मुखबाट कुनै गन्ध आउदैन । अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ । सुकाएको अदुवालाई सुठो भनिन्छ । जाडोमा अदुवाको का“ढा बनाएर खाने चलन छ । रुघाखोकी, घाटी दुख्दाको बेलामा अदुवाको टुक्रालाई सफा गरेर पोलेर मुखमा राखिराख्दा घाटीबाट हुने दुखाइ धेरै नै कम हुन्छ । गर्भावस्थाको सुरुसुरुको एक टुक्रा अदुवा मुखमा हालेर रस निलिरह“दा वाकवाकी हुने समस्या धेरै कम हुन्छ । अपच भएको बेलामा अदुवाको ससाना टुक्रालाई बिरेनूनसंग मिसाएर खानाले अपचको समस्या कम हुन्छ । अदुवाभित्रका केही तत्वहरुले कोलेस्टेरोल नामको बोसो घटाउन मद्दत गर्छन् र मुटुको रोगबाट बचाउ“छन् । विदेशतिर जिन्जरओला भनेर अदुवाबाट निकालिएको रस बेचिन्छ । डा. अरुणा उप्रेती
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget