काठमाडौं, फागुन १५,
भोलिपल्ट बिहान ‘प्रजातन्त्र’ दिवसको सुर्य उदाउँदै थियो तर अघिल्लो साँझ सुर्य अस्थाईसकेपछि एकाएक पुर्वराजा ज्ञानेन्द्रले एउटा विज्ञप्तीको चिर्कटो फ्याके । तुरुन्ता–तुरुन्तै नेपाली मिडीयाहरुमा ब्रेकीङ न्युज बने,भोलिपल्टका खवर काजग पनि ज्ञानेन्द्रले औला ठड्याएको फोटोले रंगियो । कुरा गएको फागुन ६ गतेको साँझको हो । त्यो साँझ उनले नेपालका राजनीतिक दलहरुले आफुसँग गरेको सहमती कार्यान्वयनको माग गरेका थिए । उनले विज्ञप्तीको चिर्कटो फ्याकेको ९ दिन पुगेपनि आजसम्म त्यसको चर्चा सेलाएको छैन । राजधानीका चिया दोकान र पाँचतारे होटलका डिनरसम्म त्यो विज्ञप्तीले चर्चा पाएका वेला नेपाली मिडीयाहरु पनि त्यहि विज्ञप्तीको भेउ पत्ता लगाउन दौडिरहेका छन् । उनले सहमती कार्यान्वयनको माग त गरे तर सहमति के थियो र कुन मितिमा भएको थियो भन्नेबारे पटक्कै खुलाएनन् । उनको विज्ञप्ती अनुसार ०६२÷६३ को जनआन्दोलन उत्कर्षमा पुगेपछि संसद पुनस्र्थापना गर्नेवेला आन्दोलनरत पक्षसँग केही सहमति भएको आशय झल्कन्छ । ‘हामीले केही सहमती गरेनौं,कांग्रेस एमालेका नेताहरुले गरेको भएपनि ज्ञानेन्द्रको हदम्याद गैसक्यो’ एमाओवादी सचिव बर्षमान पुन ‘अनन्त’ ले रातोपाटीसँग भने । यता नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले पनि पुर्वराजाले राजनीतिक अन्योलताको फाइदा उठाउन खोजेको प्रतिक्रिया दिए । ज्ञवालीले प्रश्न गरे ‘तपाईले कसैलाई पैसा चलाउन दिएको छ भने नौ बर्षसम्म ब्याज पनि नलिई बस्न सक्नुहुन्छ ?’ उनी थप्दै थिए ‘ज्ञानेन्द्रले त्यसरी ब्याज लिनेगरी केही छाडेकै छैनन् ।’ उता कांग्रेस सभासद् अमरेश कुमार सिंहले रातोपाटीसँग भने ‘कुनै सहमति भएको छैन, ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजेका मात्र हुन् ।’ शान्तिप्रक्रियाको महत्वपुर्ण चरणमा सक्रिय भुमिका खेलेका मुख्य दलका नेताहरुले कुनै सहमति नभएको प्रतिक्रिया दिएपनि आखिर एकाएक किन बोले ज्ञानेन्द्र ? नौ बर्षपछि ज्ञानेन्द्र बोल्नुको नौ कारण यस्ता छन् :
कारण नं १.पहिलो संविधानसभाको अवसान पछि नेपाली राजनीतिले अस्थिरताको बाटो रोज्यो । समाजमा अभाव र अस्तब्यस्तता दिनहुँ बढ्न थालेपछि ज्ञानेन्द्रले यस्सो सोचे ‘अब मुख खोल्न ढिला गर्नुहुँदैन ।’
कारण नं २.अहिले १२ बुँदेका सहयात्री माझ दरार उत्पन्न भएको छ । बाह्र बुँदे सहमति र वृहद शान्ति संझौतामा किङमेकरको भुमिका खेलेका तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालको अवसान र संझौताका सहयात्रीको सम्वन्धमा दरार उत्पन्न भएको मौका छोपेर ज्ञानेन्द्रले फ्रि–किक हान्न खोजेका छन् । कतै गोल भैहाल्छ की ?
कारण नं ३.गणतन्त्रको मुल सुत्रधार शक्ति एमाओवादी र मधेशवादी यतिवेला आन्दोलनमा छन् । सत्ता पक्षीय शक्तिहरु कांग्रेस र एमालेले यहि रफ्तारमा पेलेर अगाडि गएमा यि दुई मध्ये एक शक्तिले अहिलेको संविधानसभा छाड्ने संकेत ज्ञानेन्द्रले पाइसकेका छन् । मधेशवादीहरु संविधासभामा फर्कन सक्लान तर आत्मसमर्पण गर्ने अवस्था आएमा एमाओवादी अर्को तरिकाले संविधान निर्माणको गोरेटो खन्ने गरी प्रस्तुत हुन थाले पछिको वातावरणलाई ज्ञानेन्द्रले मुख खोल्ने मौसमको रुपमा ब्याख्या गरे ।
कारण नं ४. गएको कात्तिक २१ गते भारत भ्रमणमा गएका वेला पुर्वराजा ज्ञानेन्द्रले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको गुपचुप राखेपनि त्यो वाहिर आइसक्यो । त्यसअघि सार्क सम्मेलनमा नेपाल आउँदा भारतीय प्रधानमन्त्री मोदीले ट्रमा सेन्टरको उद्घाटन गर्दै ‘बृहद सहमती खोज्न’ राजनीतिक दलहरुलाई आग्रह गरेका थिए । मोदीले वृहद सहमती भन्दा माओवादी त खुसी हुने नै भयो त्यसभन्दा बढि हर्षित ज्ञानेन्द्र भए । त्यसपछि दिल्लीमा भएको भेटघाटमा कुनै न कुनै स्तरको खिचडी पाकीसकेको थियो,त्यसैले त ज्ञानेन्द्रले मुख खोले ।
कारण नं ५.भारतीय जनता पार्टी ‘विजेपी’ का नेताहरु पटक–पटक नेपाल आउँदा उनीहरुले कहिले सार्वजनिक कार्यक्रममा त कहिले कोठे भेटघाटमा नेपाल हिन्दुराज्य हुनुपर्ने कुरा उल्लेख गरिरहे । भर्खरै नेपाल भ्रमणवाट फर्केकी भारतीय जनतापार्टीकी उपाध्यक्ष रेणु देवीले सार्वजनिक कार्यक्रममै भनिन् ‘हामी हिन्दुराज्यको पक्षमा छौं ।’ अनि ज्ञानेन्द्रले नागार्जुनको मन्दिर र आफ्नो ईन्डोर पुजा कोठामा अझै महंगो धुप सल्काए हिन्दुराज्यका लागी र बोले ‘म सँग विगतमा भएका सवै संझौता कार्यान्वयन गर् ।’
कारण नं ६. मुलुक धर्मरिपेक्ष राज्य घोषण भएपछि मुख्यत संघीयता र धर्म निरपेक्षता प्रति आम मान्छेको चासो बढ्न थाल्यो । यस्तोमा प्रधानमन्त्री सुशील कोइरालाले आफुलाई मुलुक धर्मनिरपेक्षता भएको थाहै नभएको बक्तब्य दिए । युरोपियन युनियनले पनि धर्मनिरपेक्षता र संघीयताबारे चासो राख्न थाल्यो । ईयुले जे गरेपनि आफुले बोल्नुपर्ने शब्द एक कदम अघि बढेर गणतान्त्रीक प्रधानमन्त्रीले नै बोल्न थालेपछि कसरी चुपचाप बस्न सकुन ज्ञानेन्द्र ?
कारण नं ७.‘अस्थिरतावाटै क्रान्ति हुन्छ’ भन्दै बैद्य माओवादीबाट फुटेपछि एकाएक चर्चामा आयो विप्लव माओवादी । त्यतिवेला ज्ञानेन्द्रले पनि सोचे होलान्, ‘विप्लवले अस्थिरताबाट क्रान्तिको विगुल फुक्न सक्दा यहि वेलामा मेरो विरासत फिर्ता लिन किन सक्दिन मैले ?’यता युद्धबाट शान्तिमा फर्केको माओवादी फुटेको मौका छोपे, त्यस्तैमा ज्ञानेन्द्र वोल्ने बाताबरण झन मजवुद बन्यो । रत मुख खोले ।
कारण नं ८. भारतमा कांग्रेस आई सत्तामा हुँदा ज्ञानेन्द्र बोल्दै बोलेनन् । तर विजेपीको आगमनले भारतीय राजनीतिमा नयाँ अध्ययको सुरुवात भयो । त्यसो त विजेपी सत्तामा आउनेवित्तिकै पनि ज्ञानेन्द्र वोलेनन् । त्यतिवेलै बोल्दा अर्को अर्थ लाग्न सक्ने कुरा वुझेका ज्ञानेन्द्रले यसपटक प्रजातन्त्र दिवसको अवसरलाई सदुपयोग गर्न खोजे । त्यसो हुँदा प्रजातन्त्रका लागि लडेका आम जनताको दिमागमा एकैपटक क्लिक गर्न सकिन्थ्यो ।
कारण नं ९.आज पनि नेपालका रुढिवादी समुदाय राजालाई विष्णुको अवतार मान्छन् । रुढीवादीले त माने–माने,आधुनिक नेपाल निर्माणको अभियानमा लागेका खुमवहादुर खड्का देखि कमल थापा सम्मले हिन्दुराज्यका नाममा राजा फर्काउने खेलको सिठ्ठ फुकिरहे । यसबीच देशमा धेरै महायज्ञ र होम होमादीहरु भए । कत्तिपय होम होमादीमा ज्ञानेन्द्र आफैं पुगे । त्यस्ता धार्मिक कार्यक्रममा उनलाई स्वागत गर्न पुग्नेहरुले बेजोडले नारा घन्काए ‘राजा आउ देश बचाउ ।’ यसरी माहोल तातेको देखेपछि नागार्जुन डाँडाको सितल हावा खाएर मात्र कसरी चुपचाप बसुन ज्ञानेन्द्र ? त्यसैले त मुख खोले । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment