सुहागरातमै बेहुलीमाथि बलात्कार !

एजेन्सी । विवाह भएको पहिलो रात अर्थात सुहागरात युवतीहरु आफ्नो पतिबाट प्रेम र जीवनभरको साथको अपेक्षा राख्छन् तर स्कटल्याण्डकी कलैर ब्रेडलीको यो रातमा जुन घटना घट्यो त्यसले उनको जीवनमै ठूलो बर्बादीको रात बन्यो ।
सुहागरातमै उनका पतिले उनीमाथि बलात्कार गरे । सुहागरातका लागि एक होटलमा पुगेकी उनलाई उनका पतिले बलात्कार गर्नुका साथै कुटपिट समेत गरे । पीडित ब्रेडलीले उक्त दिन भागेर आफ्नो ज्यान बचाइन् ।
आरोपीसँगै सुतेकी उनी होटलबाट भागेर आफ्नी आमा भएको फ्ल्याटमा गएकी थिइन् । उनीहरुको विवाह भएको एक वर्षमा सम्बन्ध विच्छेद भएको थियो ।
एक वर्षसम्म उनलाई उनका पतिले रक्सी खाएर ज्यादती गरेका थिए । श्रीमान्को यो हर्कतबाट दिक्क भएकी उनी आफ्नो साथीको घरमा गएर लुकेकी थिइन् ।
उनीहरुबीच सम्बन्ध विच्छेद गरी अदालतमा मुद्दा दायर गरेपछि उक्त घटना हालै सार्वजनिक भएको हो । रिपोर्ट अनुसार आरोपी प्याट्रिकले आफ्नी पत्नीको अलवा अन्या चार महिलालाई बलात्कार गरेका थिए भने यौन उत्पीडनका अन्य घटना समेत घटाएका थिए ।
उनीमाथि अदालतमा भएको सुनुवाईको दौरानमा १२ आरोप पुष्टि भएका छन्, जसमा बलात्कार, अपहरण र ज्यान मार्ने उद्योग गरेको समेत छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget