बलात्कारपछि प्रेमिकाको शरिरको ४ सय टुक्रा

काठमाडौ, १७ फागुन(एजेन्सी) : आफ्नो ज्यान जोगाउनका लागि प्रहरीसँग बारम्बार गुहार माग्दा पनि प्रहरीको लापरवाहीका कारण एक युवतीको अपहरणपछि बलात्कार र हत्या हुन पुग्यो । आरोपीले २८ वर्षीय एक युवतीको बलात्कारपछि हत्या गर्दै उनको शरिरको ४ सय टुक्रा पारेका छन् ।
दक्षिण कोरियाको सुवान शहरमा बस्दै आएका चीन-कोरियाली प्रवासी पार्क शन-वांगले घटनापछि प्रहरीलाई फोन गरेर आफ्नो अपराधको जानकारी समेत दिएका थिए । तर, प्रहरी घटनास्थलमा १३ घण्टापछि मात्र पुगेको थियो ।
करीब एक हप्तासम्म प्रहरीले घटनालाई हल्का रूपमा लिएको थियो र जाँचका क्रममा समेत लापरवाही गर्यो । समाचारहरूमा जनाइए अनुसार प्रहरीले हरेक हिसाबले आफ्नो लापरबाही लुकाउने पूरा प्रयास गरेको थियो । तर, उक्त घटनाको सिसिटिभी फुटेजले एक पटक पुनः घटनालाई नयाँ मोडमा ल्याइदियो । अन्त्यमा प्रहरी प्रमुखले आफ्नो लापरवाही स्विकार गरे ।
‘सुवान टोरसो मर्डर केस’को नामबाट चर्चित भएको उक्त काण्डले विश्वभरी नै हलचल मच्चाएको थियो । इन्टरनेटमा निकै चर्चा भयो र मानिसहरूले प्रहरीलाई नै हत्याको लागि जिम्मेवार ठहराए । मानिसहरूका अनुसार यदी प्रहरीले सही समयमा कारबाही सुरू गरेको भए यस्तो डरलाग्दो हत्या रोक्न सकिन्थ्यो ।
घटना हुनुअघि युवतीले इमरजेन्सी नम्बरमा पटक-पटक फोन गरेर आरोपीविरूद्ध उजुरी गरेकी थिइन् । तर, प्रहरीले उक्त घटनालाई वेवास्ता गर्यो । घटना भएको दिन अर्थात् सन् २०१२ अप्रिल १ मा पीडिताले आरोपीको नियन्त्रणमा रहँदा नै प्रहरीलाई लुकेर फोन गरेकी थिइन् तर, प्रहरीले कुनै कारबाही अगाडि नबढाएपछि उनले ज्यान गुमाउनु पर्यो ।

एक पटक फोन उठाऊँदा उनले करीब डेढ मिनेटसम्म प्रहरीसँग कुरा गरेर आफ्नो अवस्थाबारे जानकारी दिएकी थिइन् । उनले एक व्यक्तिले आफूलाई बन्धक बनाएको र उनलाई बलात्कार गरिरहेको बताएकी थिइन् । उनले ती व्यक्तिलाई आफूले नचिनेको र आफूलाई राखिएको ठाऊँ पनि आफूले नचिनेको बताएकी थिइन् ।
उनले प्रहरीलाई आफू रहेको ठाऊँ बताउने प्रयास गरेकी थिइन् उनले जी-डग प्राइमरी स्कूल र मोट-गोल प्लेग्राउण्डको बीचमा बनेको घरमा थिइन् । उनले आरोपी कोठाको बाहिर बसेको बताएकी थिइन् ।
यस हत्याकाण्डको आरोपीले पहिले आरोपलाई अस्विकार गरेका थिए तर, पछि हत्याको तरिका र कारणको खुलासा गरेका थिए । जुन युवतीलाई उनले मारेका थिए ती युवती उनकी प्रेमीका थिइन् ।
उनले युवतीले आफूसँग भेट्नका लागि अस्विकार गरिरहेकी थिइन्, यसकारण उसलाई अपहरण गरेका थिए । एक महिना पहिले दुईबीच ब्रेकअफ भएको थियो । उनले युवतीको शरीरलाई पहिले दुई टुक्रा पारे पछि उनको हात-खुट्टा काटेको बताएका छन् ।
यसपछि उनले ती युवतीको शरिरको ४ सय वटा टुक्रा बनाए र प्लाष्टिक ब्यागमा राखेर फालिदिए ।
घटना भएको दिन आरोपीले आफ्नी प्रेमिकाको अफिसमा पुगेर उनलाई जबरजस्ति आफ्नो साथमा लिएर गएको थियो । डीएनए टेष्टबाट आरोपीले बाथरूमा प्रेमिकाको टुक्रा-टुक्रा बनाएको खुलासा भएको थियो । जाँचका क्रममा उसको घरबाट निकै खतरानाक चीजहरू पनि भेटिएको समाचारमा जनाइएको छ

घटनाको भिडियो यस्तो छ :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget